३ पुस, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको राजनीतिक जिम्मेवारी नछाड्ने प्रष्ट पारेका छन् ।
पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इञ्चार्ज बनाएपछि नेकपाका नेताहरुले मापदण्डविपरित दोहोरो जिम्मेवारी दिइएको गुनासो गर्दै आएका छन् ।
मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै पोखरेलले मुख्यमन्त्री भए पनि राजनीतिक जिम्मेवारीबाट नहट्ने बताए । उनले भनेका छन्, ‘बरु मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’
दाङ २ को ‘क’बाट प्रदेशसभा सदस्य बनेका पोखरेल प्रदेश ५ का मुख्यमन्त्री हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4