Comments Add Comment

विराटप्रति पोखियो अनुष्काको यस्तो प्रेम

बलिउड नायिका अनुष्का शर्मा अहिले सिड्नीमा छिन् । उनी सिड्नीमा उनका पति क्रिकेटर विराट कोहलीलाई भेट्न पुगेकी हुन् । अनुष्काले सिड्नी पुगेर इन्स्टाग्राममा विराटसँगको एक फोटो पोस्ट गरेकी छिन् । जहाँ उनले लेखिकी छिन् ‘तिमीले मलाई सधै खुसी केटी बनाउँछौ ।’

कोहलीले अष्ट्रेलिया विरुद्ध हुन गइरहेको खेलमा भारतको नेतृत्व गर्दै छन् । र, उनको समर्थन र हौसलाका लागि अनुष्का त्यहाँ पुगेकी हुन् । केही दिन अगाडि मात्र अनुष्काले भारतिय टिमसँगै अष्ट्रेलियन प्रधानमन्त्रीसँगको भेटमा समेत सहभागिता जनाएकी थिइन् ।

चलचित्र ‘जिरो’ रिलिजपश्चात् अहिले अनुष्का पनि फुर्सदमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment