+

एट्लेटिको मड्रिड बराबरीमा रोकियो

२०७५ पुष  २३ गते ७:५१ २०७५ पुष २३ गते ७:५१
एट्लेटिको मड्रिड बराबरीमा रोकियो

२३ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले सेभिल्लासँग बराबरी खेलेको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले सेभिल्लासँग १–१ गोलको बराबरी खेलको हो । ३७ औं मिनेटमा विसम बेन एडरले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै एट्लेटिको मड्रिडलाई बराबरी गोलमा पुर्‍याएका थिए ।

पहिलो हाफमा दुवै टिमले १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो हाफमा दुवै टिमले गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेनन् ।

त्यस्तै, स्पेनिस ला लिगा फुटबलअन्तर्गत नै आइतबार राति भएको अर्को खेलमा भिल्लारियलले इल्बारसँग गोलरहित बराबरी खेलेको छ ।

लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको १८ खेलबाट ३५ अंक भएको छ । त्यस्तै, सेभिल्लाको पनि समान खेलबाट ३३ अंक रहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय