२६ पुस, काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले (साधारण सेयर) आईपीओ जारी गर्ने अनुमति मागेको छ ।
सर्वसाधारणका लागि आईपीओ जारी गर्न स्वाभिमान माइक्रोफाइनान्सले नेपाल धितोपत्र बोर्डसमक्ष अनुमति माग गरेको हो ।
१ लाख ८० हजर कित्ता अर्थात १ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति माग गर्दै स्वाभिमानले निवेदन दिएको धितोपत्र बोर्डले जनाएको छ ।
४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको आईपीओ जारी गरिसकेपछि ६ करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4