+
+

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठक माघ १४ र १५ मा

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ७ गते ११:४१

 माघ, सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठक यही माघ १४ र १५ गते बस्ने भएको छ ।बैठकलाई ब्यबस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्ने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको विभागीय मन्त्रीहरु, प्रदेश योजना आयोगका पदाधिकारीहरु, प्रदेश सरकारका प्रमूख सचिव तथा सचिवहरुको संयुक्त बैठकले समन्वय परिषद वैठकलाई उपलब्धिमुलक बनाउने निर्णय गरेको हो ।

प्रदेश समन्वय परिषदको साझा प्रतिवद्धता पत्र मस्यौदा तयारीका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय समितिसमेत गठन गरिएको छ ।

मस्यौदा समितिका सदस्यहरुमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पुण्यप्रसाद रेग्मी, गाँउपालिका, नगरपालिका र जिल्ला समन्वय समिति महासंघ कर्णाली प्रदेश अध्यक्षहरु रहेका छन् । त्यसैगरि समितिको सदस्य सचिवमा प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया छन् ।

संयुक्त बैठकले परिषद वैठकमा प्रदेश र स्थानीय तहका योजनाहरु विचको अन्तरसम्वन्ध, प्रदेश र स्थानीय करप्रणाली विचको अन्तरसम्वन्ध, प्रादेशिक कानुन र स्थानीय तहका कानूनहरु बीचको अन्तरसम्वन्ध र प्रदेश र स्थानीय तहको प्रशासनिक संरचनाहरुवीचको अन्तरसम्वन्धका विषयमा विज्ञहरुको कार्यपत्र प्रस्तुत गर्ने निर्णय गरेको छ ।

कार्यपत्र प्रस्तुतिका लागि विज्ञहरु डा.पुण्यप्रसाद रेग्मी, वालानन्द पौडेल, काशीराज दाहाल र डा.वैकुण्ठ अर्याललाई निमन्त्रणा गरिएको प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।

प्रदेश समन्वय परिषद वैठकमा परिषद पदाधिकारीका अतिरिक्त कर्णालीबाट प्रतिनिधित्व गर्ने संघीय संसदहरु, प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय अधिकारीहरु, गाँउपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, कर्णाली प्रदेश सरकारको विज्ञ समूहका सदस्यहरु, विषयगत विज्ञहरुलगायत सरोकारवालालाई निमण्त्रणा गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख सचिव थपलियाले जानकारी दिए ।

यसअघि असोज १९ र २० गते आयोजना गरिएको समन्वय परिषदको बैठक तयारी अभाव तथा चाडपर्वका कारण स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?