+

एन्फा अनियमितता छानबिन गर्न समिति गठन

२०७५ माघ  ८ गते १३:१६ २०७५ माघ ८ गते १३:१६
एन्फा अनियमितता छानबिन गर्न समिति गठन

८ माघ, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा भएको आर्थिक अनियमितताका विषयमा छानबिन गर्न ३ सदस्यीय समित गठन गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सहसचिव अणप्रसाद न्यौपानेको अध्यक्षतमा तीन सदस्यीय समिति गठन भएको हो । सदस्यमा मन्त्रालयका उपसचिव समन्तमणि आचार्य र राष्ट्रिय खेलकुद पपिरषद्को संघ संस्था विभाग प्रमुख डेमबहादुर बस्नेत रहेका छन् ।

छानबिन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले चार जिल्ला फुटबल संघले गरेको उजुरीमा मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी दिए । उनले भने ‘एन्फामा भएको अनियमितताको बारेमा उजुरी परेपछि हामीले छानबिन समिति गठन गरेका हौं । यो समितिले १० कार्यदिनभित्र प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ ।’

गत वैशाखमा एन्फाको निर्वाचनमा ब्यापक अनियमितता भएको चार जिल्ला फुटबल संघले दाबी गर्दै आएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले एन्फामा ब्यापक भ्रष्टाचार भएको भन्दै अडियो टेप नै सार्वजनिक गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय