+

बार्सिलोना आउने भए डे जोङ !

२०७५ माघ  ९ गते १९:१९ २०७५ माघ ९ गते १९:१९
बार्सिलोना आउने भए डे जोङ !

९ माघ, काठमाडौं । नेदरल्याण्डका युवा फुटबलर फ्रेनकी डे जोङ स्पेनिस क्लब बार्सिलोना आउने भएका छन् ।

बार्सिलोनासँगै फ्रेन्च क्लब पीएसजी, इटालियन क्लब युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर सिटीले २१ वर्षका डे जोङ ल्याउने दौडादौड गरिरहँदा उनले बार्सिलोना रोजेको खबर बाहिरिएका छन् । आधिकारिक जानकारी नआए पनि स्पेनिस मिडियाले बुधबार नै उनका प्रतिनिधि बार्सिलोना आउन लागेको जनाएको छ ।

युवा उमेर नेदरल्याण्डकै विलियम टिलवर्ग क्लबमा बिताएका डे जोङ २०१५ देखि नेदरल्याण्डमै अजाक्स क्लबमा आबद्ध थिए । नेदरल्याण्डबाट उमेर समूहमा यु १५ देखि यु २१ सम्म अनुभव बनाएका डे जोङ मिडफिल्डमा उत्कृष्ट खेलाडी हुन् ।

उनका लागि बार्सिलोनाले ७५ मिलियन युरो तिर्न लागेको फुबटल जगतमा खबरहरु आइरहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय