+
+

अम्लपित्त अर्थात एसिडिटीबाट कसरी मुक्त हुने ?

डा. शंकर गौतम डा. शंकर गौतम
२०७५ फागुन २४ गते १२:३७

नेपालीको साझा रोग के हो ? जवाफ फ्याटै आउँछ, ‘ग्याष्ट्रिक ।’ ग्याष्ट्रिक अंग्रेजी शब्द हो । गाउँघरतिर यसलाई ‘गानो दुखेको’ भन्ने गरिन्छ ।

आखिर जे भएपनि हाम्रो अमिल्दो खानपान तालिका र अस्वस्थ्यकर खानाको कारण धेरैले झेलिरहेको समस्या हो यो ।

शब्द नै केलाउने हो भने, ‘ग्यास्टि्रक’ अंग्रेजी शब्द हो, जसको शाब्दिक अर्थ पेट हो । तसर्थ, ग्यास्ट्राइटिसलाई ग्यास्टि्रक भन्नु अलि मिल्दैन । तर, देश अनुसारको भेष भने जस्तै ग्यास्टि्रक भन्ने बानी परेको हाम्रो समाजमा केही ग्यास्टि्रकको गना सोलिएर आएको बिरामीलाई तपाईंलाई ग्यास्ट्राइटिस भएको भनेर बुझाउन खोजिन्छ । यसरी भन्दा पनि सहजै नबुझ्ने भएकाले पुनःग्यास्टि्रक भएको भनेर सम्झाउनु पर्ने विद्यमान अवस्था छ ।

आमाशय र पेटमा उपस्थित फ्रि एचसिएल (हाइड्रोक्लोरिक एसिड)को मात्रा बढेको हुन्छ जसको कारण पेटमा हुने भित्रि सतह-म्युकस) को इन्फ्लेमेशन (सुन्निने) हुन्छ जुन अवस्थालाई ग्यास्ट्राइटिस भनिएको हो । समग्रमा पेटमा हुने अम्लिय पदार्थको वैषम्यता (उचित अवस्थामा नहुनु) लाई एसिडपेप्टिक डिसअर्डर (एपिडी) भनिन्छ, जसअन्तर्गत अम्ल पदार्थको बढी उत्पादनका कारण अम्लपित्त हुने र पेटको भित्रिसतह -म्युकोसा) को अम्ल सहन क्षमता कमजोर भएर हुने अल्सर लगायत पर्दछन् ।

अब कुरा गरौं अम्लपित्त वा एसिडिटीको ।

अम्लपित्त अम्ल र पित्त मिलेर बनेको शब्द हो । अर्थात पाचन क्रियामा संलग्न हुने रसको ज्यादा अम्लियता हुनु ।

आयुर्वेद अनुसार त्यो रोग जसमा आमाशयमा पुगेको आहार, पित्तको विदग्ध हुनाको कारण अम्लिय हुने अवस्थालाई अम्लपित्त भनिन्छ ।

आधुनिक चिकित्सा विज्ञान अनुसार अम्लपित्तलाइ ‘हाईपर एसिडिटी’सँग सामन्जस्य गर्न सकिन्छ । अहिले नेपालीहरुलाई चिनाउने रोग भनेर ग्यास्ट्राइटिस जसलाई साधारण भाषामा  ‘ग्यास्टि्रक’ भन्ने प्रचलन रहेको छ ।

किन हुन्छ यो समस्या ?

डा. शंकर गौतम

– अतिअम्ल, तेलमा तारेको, भुटेको,उष्ण पदर्थको सेवन

– अभिष्यन्दि (दहि, आदि) तथा मिष्टान्न सेवन -मैदा, वेशन )

– समयमा भोजन नहुनु

– मदिराको अत्याधिक सेवन

– चिन्ता भय त्रास

– वेग धारण

– अपाच्य आहार विहार सेवन

– मम, चाउमिन तथा जंकफुड्सकोसेवन

कसरी थाहा हुन्छ ?

– अरुचि, अपच

– शारीरिक थकावट

-वान्ता आउने जस्तो हुने

-मुखमा अमिलो पानी आउने

(पेट, मुट पछाडि -छातीको भागमा) तथा कण्ठमा जलन हुनु

-डकार आउनु

-टाउको दुख्ने तथा छाती भागमा दुख्नु

-जिब्रो बाक्लो हुने, कब्जियत हुने

-मुख तथा घाँटी सुक्ने, तिर्खा लागिरहने

के छ त उपचार ?

-सर्वश्रेष्ठ उपचार परिवर्जन अर्थात जुनकारणले अम्लपित्त भएको हो त्यसको त्याग गर्ने -स्मरण रहोस्, कुनै पनि रोगको कारणको त्याग नगरी उक्त रोग निको हुन सक्दैन, औषधिको नियमित सेवन गर्नाले राहत त मिल्न सक्छ तर पनि रोगको सही उपचार भएको हुँदैन ।)

-पाच्य आहार (खान हुने)- लघु सुपाच्य आहार जस्तै दुध, करेला, कुरिलो, लगायत हरियो सागसब्जी, चनाको सत्तु, मधुर तथा तिक्त रसयुक्त पदार्थ, मुगको दाल, परवर, गुलाव जल, ग्लूकनको सर्वत बनाएर खाएमा फाइदा हुन्छ ।

-अपाच्य आहार/विहार (सेवन गर्न नहुने)- गुरु, बढी चिल्लो, पिरो, अमिलो, धेरै नुन भएको, मसालायुक्त भोजन, धेरै तातो तथा चिसो खानेकुरा, चिया, कफी, मदिरा, पिज्जा, बर्गर, मम, दालमोठ, बेकरी लगायत मैदाको परिकार सकभर त्याग गर्ने ।

– चिन्ता, भय तथा दिनमा सुत्ने आदिको सकभर त्याग गर्ने ।

– पेट खाली नराख्ने

-एक लिटर मन तातोपानीमा थोरै नुन राखी पिउने र १०-१५ मिनेटमा त्यो पानी वमन र उल्टी गरेर निकाल्नेमा पेटमा भएको धेरै अम्लियपदार्थ बाहिर निस्कने हुनाले तत्काल राहत मिल्छ ।

-नरिवल पानी, मिसि्र काँडा,

-मनतातो दुध दिनमा ३-४पटक पिउने

-केहि जडिबुटीहरु जस्तैःअमलाको रस, घ्युकुमारीको गुदी, कुरिलो, कुष्माण्ड, गुडूचीको रस, त्रिफला -हर्रोबर्रो, अमला), मुलेठी र जेठिमधु, ल्वांग, तेजपात, पुदिना, धनियाँ आदिको सेवन गर्ने ।

पेट फुल्ने तथा दुख्ने भएमाः

-मन तातोपानीको सेवन, ज्वानोको सुप, हिङ्गको पानी, पुदिना, धनियाँ

-त्यस्तै, सुकाएको अदुवालाई पानी र धनियासित मिसाएर खाएमा पनि यो समस्याबाट तत्काल राहत पाउन सकिन्छ ।

-मह, मुला, सख्खर, गुर्जुको लहरा रातभरी भिजाएर खाएमा फाइदा हुन्छ ।

(नोटः यसमा दिइएको साधारण जानकारी रोगको रोकथाम तथा घरेलु विधि मात्र भएको हुँदा थप उपचार गर्नुपरेमा तथा अन्य रोगसँग समेत सम्बन्धित भएका बिरामीले चिकित्सकको परामर्श लिएर मात्र औषधी उपचार गराउनुपर्छ ।)

लेखक आयुर्वेदिक चिकित्सक हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?