+

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललाई ८ स्वर्ण पदक

२०७५ चैत  ३ गते ८:३२ २०७५ चैत ३ गते ८:३२
अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललाई ८ स्वर्ण पदक

३ चैत, रौतहट । बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल ८ स्वर्ण पदकसहित ३ रजत र ५ कास्य पदक जित्न सफल भएको छ ।

पुरुष कराँतेतर्फ उत्कृष्ट प्रदर्शन गर्दै दिनेश ताम्राकार, रुपेश श्रेष्ठ, लोकेन्द्र राई र एजुक थिङले ४ स्वर्ण पदक दिलाएका छन् । त्यस्तै महिलातर्फ पनि ४ स्वर्ण पदक हात परेको छ । अलिशा धामी, रोहिनी पण्डित, रश्मिता श्रेष्ठ र निर्मल तामाङले प्रथम स्थान सुरक्षित गर्दै नेपाललाई गोल्ड मेडल दिलाएका हुन् ।

सोनम बलामीले रजत दिलाएका छन् । ४ खेलाडीले कास्य पदक जितेका छन् । दिनेश ताम्राकार, सिद्धान्त गुरुङ, निर्मल तामाङ र आकाश गुरुङले कास्य पदक जितेका हुन् ।

अन्तर्राष्ट्रिय निर्णायक राजु महर्जनको नेतृत्वमा बंगलादेश पुगेको टोलीमा नेपालका अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठ ,अशोक पहाडी ,बिनोद राउत, वीरेन्द्र कर्णलगायतको सहभागिता थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय