+
+

‘नम्बरी चप्पल’मा सुनिल र आँचल

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १६ गते १०:२८

काठमाडौं । गायक रमेश कुमार श्रेष्ठले ‘नम्बरी चप्पल’ बोलको आधुनिक गीत ल्याएका छन् । श्रेष्ठले ओएसआर युट्युब च्यानलबाट गीत रिलिज गरेका हुन् ।

गीतको शब्द र संगीत कृष्ण कुमार राईले गरेका हुन् । ‘नम्बरी चप्पल’को म्युजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका छन् भने कोरियोग्राफर निश्चल केसी छन् ।

गीत संगीतमा लामो समयदेखि सक्रिय रहेका निर्देशक तथा मोडल श्रेष्ठले पछिल्लो समय आधुनिक गीतमा विशेष जोड दिएका छन् । सदाबहार र सुगम संगीतमा आफ्नो विशेष मेरो रुचि रहेको उनी बताउँछन् ।

ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका छन् । जनता डिजिटल फिल्मसको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा सुनिल क्षेत्री, आँचल शर्मा लगायतले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?