+
+

मलेसियामा नेपालीका लागि ३० गतेदेखि कन्सुलर सेवा शिविर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १९:३६

मलेसियाका विभिन्न ठाउँमा कार्यररत नेपाल श्रमिकहरुका लागि यही महिनादेखि कन्सुलर सेवा शिविर सञ्चालन हुने भएको छ ।

मलेसियास्थित नेपाली राजदूतावासले यही चैत ३० गतेदेखि ०७६ वैशाख २१ गतेसम्म कन्सुलर सेवा शिविर सञ्चालन गर्न लागेको हो ।

मलेसियाको राजधानी क्वालालाम्पुर भन्दा बाहिर रहेका नेपाली कामदारहरुलाई सेवा दिन शिविरको आयोजना गरिएको दूतावासले जनाएको छ ।

शिविरमा दूतावासबाट उपलब्ध हुने सेवाहरु दिइने दूतावासले जनाएको छ । राहदानी आवेदन संकलन, राहदानी जारी, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुन्ने काम हुनेछ ।

शिविरमा श्रमिकहरुलाई कानुनी परामर्श दिनुका साथै सचेतिकरण कार्यक्रम पनि सञ्चालन गरिने दूतावासले बताएको छ ।

दूतावासले जारी गरेको सूचना अनुसार चैत ३० गते क्लाङबाट शिविरको सुरुआत गरिने छ । त्यसपछि ०७६ वैशाख ७ गते क्लान्तान/तेराङगानुमा, १५ गते पहाङ/क्यामरुन हाइल्याण्डमा, २२ गते बातुपाहत/जोहोरमा, २९ गते कोताकिनादालु/साभामा शिविर आयोजना हुने छ ।

यस्तै, जेठ ५ गते इपो, १२ गते पेराकमा र जोहर वारु, जोहारमा, १८ गते अलो सेतार, केडामा, २६ गते पेनाङमा कार्यक्रम हुने छ ।

असार १ गते लङ्कावी, केडामा, ८ गते मिरि सारावाकमा, १५ गते मेलाकामा र २१ गते कुयान्तान, पाहाङमामा शिविर सञ्चालन गरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?