+
+

सन्तानको बिषयमा प्रियंका र निकको यस्तो योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३ गते १८:२१

बलिउड नायिका प्रियंका चोपडा अहिले आफ्नो बैबाहिक जीवनमा रमाइरहेकी छिन् । केही समय अगाडि पति निक जोनससँगको डिभोर्सको समचार बाहिरिएको पनि थियो । तर, प्रियंकाले आफू र पति निकबीच कुनै खटपट नभएको बोलेकी थिइन् ।

उनीहरुले सामाजिक सञ्जालमा सार्वजनिक गर्ने विभिन्न तस्विरहरुबाट पनि उनीहरु एक अर्कामा निकै खुसी छन् भन्ने देखिन्छ । अहिले प्रियंका चलचित्रको कामबाट विश्राम लिइरहेकी छिन् । यो समय उनले पति निकसँग ‘क्वालिटी टाइम’ बिताइरहेकी छिन् ।

केही समय पहिला प्रियंका गर्भवती भएको समाचार पनि आएको थियो । यो कुरा पनि गलत भएको प्रियंकाले आफै बताएकी थिइन् । तर, अब भने उनीहरु सन्तानलाई जन्म दिने विषयमा सोचिरहेका छन् । हालै एक मिडियामा निकले उक्त कुराको खुलासा गरेका हुन् । उनले अन्तर्वातामा आफूहरुले परिवार चाहेको र सन्तानको विषयमा सोचिरहेको बोलेका छन् ।

प्रियंकाले पनि बलिउड चलचित्रमा खासै रहर नगर्नु, निकको पनि यस्तो बयान आउनुले उनीहरु सन्तानलाई लिएर उत्सुक देखिएको वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?