
१४ वैशाख, काठमाडौं । सरकारले विभिन्न १४ सडक खण्डकाे सवारी उपभोग दस्तुर वृद्धि गरेको छ । सडक बोर्ड नेपालले सडक मर्मतका लागि भन्दै साना, मझौला तथा ठूला सवारीसाधनसँग लिँदै आएको शुल्क वृद्धि गरेको हो ।
सडक बोर्ड ऐन, २०५८ को दफा ६ मा राजपत्रमा सूचना प्रकाशित गरी सडक खण्डमा चल्ने सवारी साधनबाट शुल्क असुल्न सकिने व्यवस्था छ । ऐनको यही व्यवस्थाअनुसार राजपत्रमा सूचना प्रकाशित गरेर बोर्डले दस्तुर वृद्धि गरेको हो ।
यसअघि गत चैत १४ को मन्त्रिपरिषद् बैठकले सडक प्रयोग गरेपवापत तिर्नुपर्ने दस्तुर वृद्धि गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो ।
सडक बोर्ड नेपालले सडक मर्मतका लागि स्रोत संकलन गर्न १४ सडक खण्डबाट उपभोग दस्तुर संकलन वृद्धि गरिएकाे जनाएकाे छ ।
बोर्डका अनुसार, हेटौडा–नारायणघाट, नारायणघाट–बुटवल, नौबीसे–मुग्लिन, भैरहवा–भूमही सडक खण्डमा उपभोग दस्तुर बढेकाे छ । त्यस्तै, काँकडभिट्टा–दमक, दमक–इटहरी, विराटनगर–धरान, कोशी चौहर्वा र चौकर्वा–पथलैया रुटमा चल्ने सवारी साधनले पनि अब सडक उपभोग दस्तुर पहिलेभन्दा बढी तिर्नुपर्नेछ ।
सडक बोर्ड नेपालका अनुसार, हेटौंडा–वीरगञ्ज, वीरगञ्ज–पथलैया, धुलिखेल–खुर्कोट, खुर्कोट–सिन्धुली–बर्दिबास र पाँचखाल–मेलम्ची सडक खण्डकाे पनि उपभोग शुल्क बढाइएकाे छ ।
सवारी साधनहरुलाई ठूला, मझौला र साना ३ वर्गमा वर्गीकरण गरी दस्तुर संकलनको तयारी बोर्डले गरेको छ । अब हेटौंडा–नारायणघाट सडक खण्डमा चल्ने ठूला सवारीले १०० रुपैयाँ तिर्नुपर्नेछ । मझौला किसिमका सवारीको शुल्क ४० र साना सवारीले भने १० रुपैयाँ मात्रै तिरे पुग्नेछ । नारायणघाट–बुटवल सडक खण्डमा गुड्ने ठूला सवारीले १३० रुपैयाँ तिर्नुपर्नेछ भने मझौलालाई ६० र सानालाई १० रुपैयाँ लाग्ने छ ।
त्यस्तै अन्य सडक खण्डको पनि दूरीअनुसार शुल्क निर्धारण गरिएको छ ।
हेर्नुहोस् बोर्डद्वारा जारी सूचना
प्रतिक्रिया 4