+
+

रेड कार्पेटमा छल्किएको प्रियंका र निकको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १९ गते १२:५९

नायिका प्रियंका चोपडा र गायक निक जोनसविच डिभोर्सको खबर सार्वजनिक भैरहँदा उनीहरुको प्रेम झनै बलियो बनिरहेको छ । निक र उनका २ भाइले हालैमात्र म्यूजिक टुरको घोषणा गरेका छन् । यसमा नायिका चोपडाले सहयोगीको रुपमा काम गरिरहेकी छिन् ।

लस भेगासमा आयोजना भएको ‘विलबर्ड म्यूजिक अवार्ड’मा नायिका चोपडा र निक एकसाथ देखिएका छन् । बलिउडकी ३६ बर्षिय सुन्दरी प्रियंका र निकको प्रेम अवार्डको रेड कार्पेटमा छल्किएको थियो । नायिका चोपडा खुलेको पहिरनमा निकै नै आकर्षक देखिएकी थिइन् ।

बजारमा चलेको डिभोर्सको खबरलाई यी दुइको उपस्थिती र मायाले झापड हानिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?