+

सावित्रा र अनिताको गोलमा भारतीय लिगमा सेथु विजयी

२०७६ वैशाख  २५ गते १३:१० २०७६ वैशाख २५ गते १३:१०
सावित्रा र अनिताको गोलमा भारतीय लिगमा सेथु विजयी

२५ वैशाख, काठमाडौं । सावित्रा भण्डारी र अनिता बस्नेतको गोलमा सेथु एफसीले इन्डियन महिला फुटलब लिगमा लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार बिहान भएको खेलमा सेथुले बेंगलोर युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको ११औं मिनेटमा नै सावित्राले गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन् । आक्रामक खेल खेलेको सेथुले खेलको ४१औं मिनेटमा गोल गर्न सफल भयो । यो पटक भने सन्धियाले गोल गरिन् ।

खेलको दोस्रो हाफमा भने सावित्राको ठाउँमा मैदान प्रवेश गर्दै अनिता बस्नेतले डेब्यु गरिन् । अनिता आफ्नो डेब्यु खेलमै गोल गर्न सफल भइन् । ७४ औं मिनेटमा गोल गर्दै अनिताले सेथुलाई ३–० गोलको अग्रता दिलाइन् । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि सेथुले बेंगलोरलाई सहज रुपमा पराजित गरेको हो ।

यसअघि सेथुले आफ्नो पहिलो खेलमा मनिपुर स्पोर्टस् क्लबलाई ६–४ गोलअन्तरले पराजित गर्दा आफ्नो डेब्यु खेलमै सावित्राले चार गोल गरेकी थिइन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय