+
+

आमासँग विवाद भएपछि छोराले लगाइदिए घरमा आगो

टोपराज शर्मा टोपराज शर्मा
२०७६ असार ५ गते १४:३५

५ असार, बुटवल । रुपन्देहीको सैनामैनामा घरायसी विवादका कारण परिवारकै सदस्यले घरमा आगजनी गरेका छन् ।

सैनामैना १ की कुन्तादेवी घिमिरेको घरमा उनका माइलो छोरा २७ वर्षीय माधव घिमिरेले आगजनी गरेका हुन् । आगजनीबाट माटोको पर्खाल र टिनले छाएको एकतले घर र घरमा रहेका नगद, गरगहना, खाद्यान्न जलेर नष्ट भएका छन् ।

इलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनाका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेका अनुसार दराजमा राखिएको २ लाख ५० हजार रुपैयाँ नगद, ७ तोला सुन, पलङ, टिभी, कपडा समेत गरी आगजनीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । अंशवण्डाका विषयमा बिहान झगडा भएको र परिवारका सदस्य घरबाट बाहिर निस्केको मौकामा माधवले घरमा आगो लगाएका प्रहरीले जानकारी दिएको छ ।

आगजनी गर्ने घिमिरेलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?