+
+

कपुर परिवारले यो वर्ष गणेश चतुर्थी नमनाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १४ गते २१:५०

आगामी मंगलबार हिन्दू धर्मावलम्बीहरुले गणेश चतुर्थी पर्व मनाउँदैछन् । नेपालसहित भारतमा पनि यो पर्व धूमधामका साथ मनाइन्छ । भारतमा त देशैभरी गणेश बन्दना गरिन्छ । थुप्रै बलिउड सेलिब्रेटीहरुले आफ्नै घरमा गणेशजीको पूजाआजा गर्ने विशेष कार्यक्रम नै राख्छन् ।

यसैबीच, यो वर्षको गणेश चतुर्थी बलिउडको एउटा परिवारले नमनाउने भएको छ, जो हरेक वर्ष यो पर्व निकै धुमधामले मनाउने गर्दथ्यो । उक्त परिवार हो कपुर परिवार, जो हरेक वर्ष आरके स्टुडियोमा गणेश उत्सव मनाउने गर्दथ्यो ।

वास्वतमा, आरके स्टुडियोमा आगो लागेपछि त्यसलाई बिक्री गरियो । सधैं गणेश उत्सव मनाउने आरके स्टुडियो नै नरहेपछि कपुर परिवारले यो वर्ष नमनाउने निर्णय गरेको हो ।

रणधीर कपुरले हालै एउटा अन्तर्वार्तामा भनेका छन्-मेरो बुवा राज कपुरले आरकै स्टुडियोमा गणेश चतुर्थी मनाउने परम्पराको थालनी गर्नु भएको थियो । अब अहिले हामीसँग त्यति ठूलो स्थान नै छैन, त्यसैले हामी यो पर्व चाहेर पनि मनाउन पाउने छैनौं ।

रणधीर कपुरका अनुसार राज कपुरले ७० वर्ष अघिदेखि यो परम्पराको थालनी गरेका थिए । उनी भगवान गणेशका भक्त थिए । तर, अहिले आरके स्टुडियो नभएका कारण गणेश उत्सव नमनाइने भएको हो । रणधीर भन्छन्- हामी पनि गणेशजीको ठूला भक्त हौं, तर मलाई लाग्दैन कि हामी यो परम्परालाई जारी राख्न सक्छौं ।

आरके स्टुडियोमा हरेक वर्षको गणेश उत्सवमात्र होइन रंगहरुको पर्व होली पनि धूमधामका साथ मनाइन्थ्यो ।

गणेश चतुर्थीको अन्तिम दिन गणेशजीको मूर्तीलाई निकै धूमधामका साथ विसर्जन गर्ने परम्परा थियो । रणधीर कपुर, राजीव कपुर तथा रणधीर कपुर उक्त महोत्सवमा सक्रियताका साथ सहभागिता जनाउँथे । तर, यो वर्षदेखि उक्त रमाइलो दृष्य मुम्बईबासीहरुले देख्न नपाउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?