+
+

एभरेष्ट इन्जिनियरिङ कलेजमा प्रोजेक्ट प्रदर्शनी सुरू

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते ११:४८

२० भदौ, काठमाडौं । पोखरा बिश्वबिद्यालय बाट सम्बन्धन प्राप्त ललितपुर महानगरपालिका-२ , सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजले प्रतेक बर्ष आयोजना गर्ने प्रोजेक्ट प्रदर्शनी तथा प्राबिधिक प्रतिष्पर्धा आरोहन-१ यस बर्ष पनि यहि भाद्र १९ र २० गते कलेज प्रांगणमा आयोजना गरेको छ ।

सो प्रदर्शनीको पहिलो दिन भाद्र १९ गते पोखरा बिश्वबिद्यालयका निमित्त उप-कुलपति बुद्धि राज जोशीले उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले कलेज तथा बिश्वबिद्यालय बाट आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीहरुले नियमित कोर्षमा सिकेका ज्ञान तथा सिपलाई ब्यबहारिक जीबन तथा सरकारले घोषणागरेको प्राबिधिक शिक्षाको प्राथमिकता लाई पुरा गरि राष्ट्रिय आवश्कता पुरा गर्ने उल्लेख गरे ।

कार्यक्रम लाई शुभकामना मन्तब्य ब्यक्त गर्दै पोखरा बिश्वबिद्यालयबाट सम्बधन प्राप्त कलेजहरुको संस्था ओपनका अध्यक्ष नवराज पाण्डेले  कलेज तथा बिश्वबिद्यालयले यस्ता कार्यक्रम आयोजना गरि नयाँ ज्ञान तथा शिप बिकाश गर्ने बिश्वास गरे ।

सो कार्यक्रममा कलेजका प्राचार्य ई. उमेश प्रसाद थानी तथा प्रमुख कार्यकारी अधिकृत अरुण कुमार भण्डारीले कलेजले विद्यार्थीहरुको  ज्ञान तथा सिप बृद्धिका लागि  यस्ता कार्यक्रमहरु  नियमित रुपमा आयोजना गरिरहेको बताए ।

कार्यक्रम लाई विभिन्न कलेजका प्राचार्यहरु तथा निर्देशकहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो प्रोजेक्ट प्रदर्शनी तथा प्राबिधिक प्रतिष्पर्धा देशमा विभिन्न  इन्जिनीयारिङ कलेज तथा अन्य शैक्षिक संस्थाहरुको सहभगिता रहेको छ| विभिन्न प्रोजेक्ट प्रदर्शनीका साथै  Robo Race ,  Robo battlae , Robo Soccer , Hardware competition, Software competition ,Hackathon, Rapid codding , Logic Battle , Civil Model , Earthquake resistance building design र Log house  लगायतका विधाहरुमा  पचास भन्दा बढी समूह बिच प्रतिष्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?