Comments Add Comment

पहिरोले दुई दिनदेखि तातोपानी नाका ठप्प

Photo Credit : अनलाइनखबर फाइल

७ असोज, काठमाडौं । नेपाल-चीन व्यापारिक नाका तातोपानी दुई दिनदेखि ठप्प भएको छ । पहिरोले चीनतर्फको सडक अबरुद्ध भएपछि ठूला चाडपर्वको मुखैमा नाका बन्द भएको हो ।

तातोपानी भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतकाअनुसार दुई दिनदेखि एउटा पनि सवारी चीनतर्फबाट भन्सार बिन्दुमा आईपुगेका छैनन् ।

खासाबाट तातोपानीतर्फ लाग्ने बाटोमा सडक भासिएका कारण चिनीयाँ पक्षले सवारीसाधन रोकेको भन्सार प्रमुख बस्नेतले बताए ।

‘चिनीयाँ पक्षले सडक बनाउन समय लाग्ने भएकाले अझै कम्तीमा एक साता नाका सञ्चालनमा आउन नसक्ने बताएको छ,’ उनले भने ।

२०७२ सालको भूकम्पका कारण अवरुद्ध नाका गत जेठ १४ गतेबाट सञ्चालनमा आएको थियो । भन्सार प्रमुख बस्नेतका अनुसार पहिरोअघि स्याउ बोकेका ५/७ वटा कन्टेनर दैनिक रुपमा नेपाल भित्रिने गरेका थिए । केही ब्यापारीक खाद्यान्न र कपडा ल्याएका कन्टेनरहरु पनि नाकामा छिटफुट आउने गरेका थिए ।

नाका खुले पनि व्यापारीक गतिविध भने बढ्न नसकेको उनले बताए । तातोपानी नाकाले साउनमा २ करोड र भदौमा ५ करोड रुपैयाँ भन्सार महशुल संकलन गरेको भन्सार प्रमुख वस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment