Comments Add Comment

लोग्नेले अण्डा नल्याएको भन्दै श्रीमती पोइल गएपछि…

यो दुनियामा विचित्र घटना खोज्न टाढा जानु पर्दैन, छिमेकमै भइरहन्छन् विचित्रका काण्डहरु । हालै छिमेकी मुलुक भारतको उत्तरप्रदेशस्थित गोरखपुर जिल्लामा एउटा यस्तै विचित्रको घटना भएको छ ।

विवाहित महिलाहरु परपुरुषसँग पोइल जाने घटनाहरु यदाकदा सुनिन्छन् । आफ्नो लोग्नेलाई छाडेर अर्को पुरुषसँग पोइल जाने कुरा वास्तवमा कुनै सामान्य कुरा होइन । पोइल जानुका कुनै खास खास हुन्छन् । तर कहिलेकाहीँ एउटा अण्डासमेत पोइल जानुको कारण बन्दो रहेछ ।

हो, लोग्नेले अण्डा नल्याइदिएको निहुँमा एकजना महिला पोइल गएकी छिन् ।

गोरखपुरको क्याम्पियरगञ्ज गाउँमा बस्ने ती महिला ४ महिना पहिले पनि प्रेमीसँग भागेर केही दिनपछि घर फर्किएकी थिइन् । तर यो पाला चाहीँ अण्डाको निहुँमा उनले लोग्नेलाई छाडेर प्रेमीसँग पोइल गएरै छाडिन् ।

चार महिनाअघि आफू भागेको त्यो घटनाका बारेमा पुलिससँग बयान दिने क्रममा ती महिलाले अण्डा खान नपाएकै कारण आफू लोग्नेसँग बेखुस भएको खुलासा गरेकी थिइन् । उनका अनुसार लोग्नेचाहिँले उनलाई अण्डा खान नदिएका कारण उनलाई निकै चित्त दुखेको रहेछ ।

गत शनिवार पनि अण्डाकै विषयमा उनको लोग्नेसँग झगडा पर्यो र घरबाट निस्किन् । उनका प्रेमी पनि आफ्नो घरमा नभएका कारण उनी प्रेमीसँगै पोइल गएको अनुमान गरिएको छ ।

विचरा ती महिलाका पतिले दैनिक मजदूरी गरेर परिवार पाल्दै आएका थिए । त्यसैले परिवारका लागि दिनहुँ अण्डा किनेर ल्याउन नसकेको उनले बताए ।

आफ्नो यहीँ कमजोरीको फाइदा उठाउँदै पत्नीको प्रेमी बेला बेलामा अण्डा लिएर आफ्नो घरमा आउने गरेको पनि उनी बताउँछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment