+

टोकियो नेशनल स्टेडियमको ओपनिङमा उसेल बोल्टको दौड

२०७६ पुष  ६ गते ११:३१ २०७६ पुष ६ गते ११:३१
टोकियो नेशनल स्टेडियमको ओपनिङमा उसेल बोल्टको दौड

टोकियो । सन् २०२० ओलम्पिकको मुख्य स्टेडियममको अफिसियल ओपनिङ भएको छ । ओलम्पिक गेममा ८ पटक गोल्ड मेडल जितेर कीर्तिमान बनाएका उसेल बोल्ट जापानमा हुने टोकियो ओलम्पिकका लागि तयार टोकियो नेशनल स्टेडियमको ओपनिङमा दौडिएका छन् ।

जमैकन धावक बोल्टले ६० हजार दर्शक अगाडि रिले र सहभागिता जनाएका हुन् । सन् २०२० को जुलाई २४ मा उद्घाटन हुने टोकिय नेशनल स्टेडियमा गत नोभेम्वरमा तयार भएको हो । जसको लागत १.४ मिलियन अमेरिकी डलर रहेको छ ।

यहाँ आएर यति धेरै दर्शकका अगाडि दौडनु यो मेरो लागि उत्कृष्ट अनुभव रह्यो’, कीर्तिमानी धावक बोल्टले भने, ‘म खुसी र उत्साहित छु किनकि म ओलम्पिकमा दौडने छैन । त्यसैले ट्रयाकमा दौडनु आफैंमा अनुभव हो ।

बोल्टले अहिले आफूलाई दौडको केही समयपछि दुखाइ महसुस भएको प्रतिक्रिया दिए ।

लाइटनिङ बोल्टले सन् २००८ को बेइजिङ ओलम्पिक, २०१२ को लण्डन ओलम्पिक र २०१६ को रिओ ओलम्पिकमा १०० र २०० मिटरको गोल्ड मेडल जितेका थिए ।

बोल्टले दौडनुअघि सन् २०२० को टोकियो ओलम्पिकको ओपनिङ सेरेमोनीमा हुन सक्ने कार्यक्रमको सानो झल्को दर्शकलाई देखाइएको थियो ।

यस्तै ५२ वर्षमा पनि व्यावसायिक फुटबल खेलिरहेका काजुयोशी मिउरा र जापानका केही रग्वी खेलाडीले पनि उक्त समारोहमा उपस्थित थिए ।

टोकियो नेशनल स्टेडियममा हुने पहिलो स्पोर्टिङ इभेन्टको रुपमा एम्पेर्र्स कपक सकरको फाइनल खेल हुनेछ । स्पानिस खेलाडी आन्द्रेज इनेष्टा रहेको भिसेल कोब र कासिम एन्टलर्सबीचको उक्त खेल २०२० जनवरी १ मा हुनेछ । यस्तै टोकियो २०२० एथ्लेटिक्सको टेष्ट इभेन्ट मेमा हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०