+
+

रुघाखोकी लाग्यो ? हङकङ फ्लू पनि हुनसक्छ !

सचेत हुन चिकित्सकको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते ११:२६

८ पुस, काठमाडौं । चिसो मौसमसँगै रुघाखोकीका बिरामीहरु बढेका छन्। रुघाखोकीलाई सामान्य ठानेर उपचार नगरे स्वानफ्लु जस्ता घातक रोग देखिने चिकित्सकहरु बताउँछन्। केही वर्षयता जाडो मौसममा यस्तै प्रकृतिका रोग देखिने गरेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका डाक्टर शेरबहादुर पुनले जाडोमा देखिएको ज्वरो तथा रुघाखोकी मौसमी फ्लु मात्र नहुने बताएका छन्। जाडोमा कडा ज्वरो र लगातार रुघाखोकी लागेमा स्वाइन फ्लु वा हङकङ फ्लु हुन सक्ने उनको आशंका छ। उनले भने, ‘यो चिसो मौसममा लगातार ज्वरो र रुघाखोकी लागेमा मौसमी फ्लु मात्र हुदैन ।’

डाक्टर पुनका अनुसार विशेषगरी जाडो मौसममा स्वाइनफ्लु र हङकङ फ्लुको प्रकोप फैलिन्छ । नेपालमा पनि त्यसको आशंका गरिएकाले सजग हुन आग्रह गरिएको हो । अहिलेसम्म स्वाइफ्लु र हङकङ फ्लुका बिरामी भने अस्पताल नपुगेको उनले बताए । डाक्टर पुन भन्छन्, ‘ज्वरो र रुघाखोकी लगातार लागेमा विशेषगरी बालबालिका, वृद्ध वृद्ध र दीर्घरोग लागेकाहरु सजग हुनुपर्छ।

पुनका अनुसार कहिले स्वाइन फ्लु, हङकङ फ्लु, त कहिले बर्ड फ्लु भनेर चिन्ने रोग नै फ्लु हो। ‘फ्लु’ इन्फ्लुएन्जा भाइरसलाई छोटकरीमा प्रयोग गरिने शब्द हो। यो ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ प्रकारको हुन्छ। इन्फ्लुएन्जा ‘डी’ खासगरी गाईवस्तुमा मात्र सीमित देखिएको छ भने ‘सी’ एकदम सामान्य हुने र महामारीको रुप लिँदैन भन्ने मान्यता रहेको पाइन्छ। तर, ‘ए’ र ‘बी’ भने हरेक फ्लुको सिजनमा देखिने गरेको पाइन्छ। अमेरिकामा यसको सक्रियता डिसेम्बरदेखि मार्चसम्म हुने गर्छ।

स्वाइन फ्लुका लक्ष्णहरु

– उच्च ज्वरो आउने

– खोकी लाग्ने

– घाँटी दुख्ने

– बालबालिकालाई वाकवाकी लाग्ने तथा वान्ता हुने

– पेट मडारिने

– पखाला लाग्ने

– थकाइ लाग्ने

– भोक नलाग्ने

स्वाइन फ्लुबाट कसरी बच्ने

– साबुन पानीले पटक-पटक हात धुने

– संक्रमित व्यक्तिबाट टाढै रहने

– खोक्दा, हाच्छिउ गर्दा रुमालले मुख छोप्ने

– रोगीलाई बेग्लै राख्ने

घरेलु उपचार विधी

– तातो पानीको बाफ लिने, नुनपानीले मुख कुल्ला गर्ने

– साबिकभन्दा बढी पोसिलो तथा झोलिलो पदार्थ खाने

– दूधे बालबालिकालाई साबिकभन्दा बढी दूध चुसाउने

– बिरामीलाई बेग्लै कोठामा राख्ने

कसरी सर्छ स्वाइन फ्लु ?

– मानिसहरु जमघट हुने ठाउँमा जाँदा वा संक्रमित व्यक्तिसँग हात मिलाउँदा

– संक्रमित व्यक्तिसँग अंगालो मार्दा

– बिरामीले प्रयोग गरेको रुमाल, चुरोट, गिलास, ढोका, फोनलगायतबाट पनि यो रोग सर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?