Comments Add Comment

ज्ञानको संग्रह महाभारत :अल्पज्ञान भयंकर  

इतिहासपुराणभ्यां वेदं समुपबृंहणम्

विभेत्यल्पश्रुताद्वेदो मामयं प्रहरिष्यति

अर्थात्, ‘महाभारत र पुराणहरूको रचना गरेर वेदको व्याख्या गरेँ । जो वेदज्ञ नभई इतिहास तथा पुराणहरूको व्याख्या गर्न तम्सिन्छ त्यसदेखि अर्थको अनर्थ गर्छ भनेर स्वयं वेद पनि डराउने गर्छन् ।’ यो उक्ति महर्षि वेदव्यासले महाभारतको आदिपर्वमा उल्लेख गरेका छन् । यही एउटा उक्तिबाट पनि छुट्टै ज्ञान लिन सकिन्छ । नेपालीमा मूर्खसँग दैव पनि डराउँछन् भन्ने उखान पनि यसैबाट जन्मिएको मानिन्छ । महाभारत व्यवहारिक जीवनको लागि उपयोगी भनाइहरुको सबैभन्दा विशाल संग्रह हो । जहाँ हामीहरुले सागरबाट पानी उठाए जसरी जति ज्ञान उठाउन पनि सक्छौं ।

महाभारतलाई केवल धार्मिक ग्रन्थको दृष्टिले हेर्नुभन्दा यसलाई एउटा व्यवहारिक गुरुको रुपमा हेेर्ने हो भने यसबाट धेरै ज्ञान लिन सकिन्छ । यही महाभारतको भीष्म पर्वको रुपमा रहेको कथाबाट जन्मिएको श्रीमद्भागवत गीता अहिले विश्वको सबैभन्दा धेरै बिक्रीहुने पुस्तकको रुपमा रहेको छ । महाभारत र गीता यही उपयोगी भनाईकै कारण पनि विश्व चर्चित भएको कुरालाई नजरअन्दाज गर्न नसकिएला । मूलतः महाभारतबाट निम्न ज्ञानहरु सिक्न सकिन्छ ।

त्याग र प्रतिज्ञा

महाभारत कथामा त्याग र प्रतिज्ञाका प्रतिमूर्ति हुन् भीष्म । आफ्नो पिताको वचन पूरा गर्नको लागि सत्तामात्रै नभएर आजीवन ब्रहृमचर्यमा बस्ने जस्तो भीष्म प्रतिज्ञा गरेको कारण नै देवव्रतबाट उनको नाम भीष्म रहन गएको हो । यही कारण उनलाई दृढ प्रतिज्ञाको लागि अहिलेसम्म पनि चिन्ने गरिन्छ ।

महाभारतमा देवव्रत गंगा र महाराज सन्तनुका छोरा थिए भन्ने वर्णन पाइन्छ । भगवान परशुरामका शिष्य देवव्रत आफ्नो समयका एकदमै विद्वान र शक्तिशाली पुरुष थिए । महाभारतका अनुसार शास्त्र विद्या र ज्ञानको हिसाबले उनी त्यो बेलाका चर्चित व्यक्तिहरुमा नै पर्ने गर्दथे । उनलाई इच्छामृत्युको आशीर्वाद मिलेको थियो । महाभारत युद्धमा उनी १० दिनसम्म कौरबको सेनापतिको रुपमा काम गरेको उल्लेख महाभारतमा छ ।

बुढेशकालमा पुगेका आफ्ना पिता सन्तनुको प्रेम मत्स्र्यगन्धासँग भएको थियो । यद्यपि उनका पिताले आफ्नी छोरी मत्स्र्यगन्धाको कोखबाट जन्मिएको छोरालाई राजा बनाउने भएमात्रै छोरी राजालाई दिने भनेर सर्त राखेका थिए । त्यो कुरा सन्तनुले आफ्नो छोरा भीष्मसँग पनि भन्न सकेका थिएनन्, उनले मत्स्र्यगन्धालाई बिर्सन पनि सकेका थिइनन् ।

जसका कारण सन्तनु त्यही यादले दिनप्रतिदिन चिन्ताले ग्रस्त भएका थिए । सोही समयमा देवव्रतले आफ्ना पिताको समस्या बुझेर आफू बुबाको खुशीको लागि गद्दी त्याग्न तयार रहेको बताएका थिए । त्यसपछि सन्तनु मत्स्र्यगन्धाको हात माग्न गए । तर, फेरि उनीसामु अर्काे सर्त तेर्सियो । अहिले देवव्रतले आफ्नो गद्दीमा दाबी नगरेपनि उनका छोराहरुले त्यसमा दाबी गर्नसक्ने भनेर उनीमाथि फेरि शंका गरियो ।

सोही समयमा देवव्रतले आफू जीवनभर अविवाहित नै बस्ने भनेर प्रतिज्ञा गरेका थिए । उनले त्यति ठूलो प्रतिज्ञा गरेको र त्यसपछि कहिलै पनि महिलाहरुसँग आशक्ति नदेखाएर भीष्म प्रतिज्ञा गरेकोले उनको नाम नै भीष्म रहन गएको महाभारतमा उल्लेख छ । यसबाट एकातर्फ त्याग र प्रतिज्ञाको विषयमा जानकारी पाउन सकिन्छ भने अर्काेतर्फ पिताप्रतिको समर्पणलाई पनि देख्न सकिन्छ ।

जे कुरापनि बुझेर लेख्नुपर्छ भन्ने ज्ञान

महाभारतका रचयिता वेदव्यास केवल महाभारत ग्रन्थका रचनाकार मात्रै थिएनन् । उनी महाभारत युद्धका प्रत्यक्षदर्शी पनि थिए भन्ने उल्लेख पाइन्छ । त्रिकालदर्शी ऋषिका रुपमा रहेका ऋषि व्यासले कलियुगमा मानिसहरुमा धर्म क्षीण हुन्छ भन्ने बारेमा स्पष्ट देखिसकेका थिए । त्यस्तो अवस्थाको लागि भनेर उनले महाभारत युद्धमा भएको कुरालाई उल्लेख लिपिबद्ध गराउने निर्णय गरे भन्ने उल्लेख धार्मिक ग्रन्थहरुमा पाइन्छ । त्यस्तो अवस्थामा व्यासले आफूले देखेको महाभारतको युद्धको कथा नरोकिई लेख्न सक्ने व्यक्तिको खोजी गरेका थिए ।

त्यसमा दुईवटा सर्त थियो । जसले यो महाभारत युद्धको कथा लेख्न सुरु गर्छ । उसले कथा अन्त्य नभएसम्म रोकिन पनि पाउँदैन र व्यासले भनेको कुरालाई कुनैपनि कुरा नछुटाई सबै आफूले समेत बुझेर लेख्नुपर्छ भन्ने सर्त राखिएको थियो । यो सर्त पूरा गर्न अरु कोही पनि तयार नभइरहेको बेलामा शिवका पुत्र गणेशले यसको लागि तयार भए । त्यसमा उनले पनि एउटा सर्त राखे । जुन सर्त अनुसार व्यासले पनि कुनैपनि ठाउँमा नरोकिई कथा भन्नुपर्ने उल्लेख थियो ।

यसरी लेख्न सुरु गरेको महाभारतको १८ पर्वमा रहेको २४ हजार श्लोकहरु भाव नबिग्रनेगरी लिपिबद्ध गरियो भन्ने किंवदन्ती सुन्न पाइन्छ । अहिले बजारमा आउने यक्षले युधिष्ठिरलाई प्रश्न सोधेको जस्ता केही कथाहरु पछि थपेको भन्ने पनि भनाईहरु पाइन्छ । यद्यपि यसबाट हामीले कुनैपनि कुराहरु लेख्नुपूर्व त्यसको ज्ञान राम्रोसँग जान्नु आवश्यक छ भन्ने ज्ञान पनि महाभारतबाट पाउन सकिन्छ ।

ज्ञानलाई व्यवहारमा उतार्न हुने समस्या

महाभारतको कथामा पाइने अर्काे कुरा भनेको पनि ज्ञान एक ठाउँमा हुन्छ । त्यसलाई व्यवहारमा उतार्न धेरै गाह्रो हुन्छ भन्ने कुरा पनि विभिन्न पात्रहरुबाट हामीले देख्न सकिन्छ । जसरी युधिष्ठिर एक सत्यवादी व्यक्ति थिए । उनले त कहिलै पनि ढाटेका होइनन् । तर, उनका सहयोगीहरुले छल गरेर उनलाई असत्य बोलेको बनाइदिएका थिए । त्यही कारण नै केही समय उनी नर्कमा गएको भन्ने किंवदन्ती पनि पाइन्छ ।

त्यस्तै, युधिष्ठिरले सिकेको ज्ञानमा कहिलै पनि जुवातास खेल्नुहुन्छ भन्ने कुरा थिएन । तर, उनी त्यही कारणले नै वनबास जानबाध्य भएका थिए । त्यसैले ज्ञानलाई व्यवहारमा उतार्नको लागि ठूला ठूला सिद्ध पुरुषहरुलाई पनि सहज हुँदैन भन्ने ज्ञान पनि हामीले महाभारतबाट पाउन सकिन्छ ।

अनावश्यक कुरा बोल्नु हुँदैन भन्ने ज्ञान

पाण्डवहरूको सम्पूर्ण दिशाहरुमा विजय हाँसिल गर्दै जाँदा सुवर्णराशीले युक्त राजसुया यज्ञको आयोजना गरेको थिए । पाण्डवहरुको वैभव दुर्योधनका लागि असहृय हुँदै थियो । त्यसैले शकुनी, कर्ण र दुर्योधन आदिले मिलेर युधिष्ठिरलाई द्युत-जुवा)मा फसाएर उनको सर्वश्वहरण गर्ने योजना बनाए । सकुनी त्यतिबेला पासामा एकदमै झेल गर्न चतुर थिए । सोही अनुसार उनीहरुले जुवामा युधिष्ठिर स्वयं सहित भाइहरु र द्रौपदीलाई समेत हारेका थिए ।

पासामा दरबार हारिसकेपछि पाण्डवहरु मय दानवले बनाएको विशाल दरबारमा बस्ने गरेका थिए । त्यो दरबार पानी भएको ठाउँमा जल जस्तो देखिने र पानी भएको ठाउँमा जमिन देखिने स्वभावको थियो । एकपटक दुर्योधन पनि सोही दरवारको भ्रमणको लागि आएका थिए ।

सो क्रममा उनी जमिन भनेको ठाउँमा टेक्दा पानीमा डुब्थे भने पनी भनेर डराउँदै गयो जमिनमा ठोक्किन्थे । त्यो देखेपछि द्रौपदीले दुर्योधनलाई ‘अन्धो बाऊको छोरो, किन नलडोस्’ भन्ने वाक्यांश प्रयोग गरेकी थिइन् । सोही शब्दले दूर्याेधनलाई धेरै छोएको थियो । त्यहाँ सबै पाण्डवहरुले उनको खिल्ली उडाएका थिए । त्यसैको बदला लिनको लागि नै महाभारतको युद्ध भएको थियो ।

कुलतमा फस्दा कतिसम्म पर्छ असर ?

भनिन्छ, युधिष्ठिरको ३१ वटा लक्षण राम्रो हुँदापनि उनी त्यही एउटा जुवा खेल्ने बानीका कारण सिंगो परिवार समस्यामा फसेको थियो । युधिष्ठिरको कुलत भनेको त्यही जुवामा धेरै समय बिताउने नै थियो । उनी त्यही कारणले उनी सर्वश्वसहित  वनबास जानुपरेको थियो । उनको त्यो कुलत वनबास जाँदासम्म पनि सकिएको थिएन र त्यसले दुःख दिइरहेको थियो ।

यस बाहेक पनि महाभारतमा धेरै सिक्न सकिने कुराहरु पाइन्छ । पहिलो त छोरा बुहारीको लागि हो र छोरी अरुको लागि हो भन्ने ज्ञान त्यतिबेला देखिकै प्रचलन हो भन्ने पाइन्छ । त्यतिबेला पनि छोरीको पनि महत्व धेरै थियो भन्ने पनि पाइन्छ । अभिमन्युलाई अल्पज्ञानले पारेको समस्याबाट भयंकर हुन्छ भन्ने कुरा सिक्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment