+
+

जनकपुरधाममा मेयरका समर्थकद्वारा पत्रकारमाथि कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते १५:५६

२२ पुस, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयरका समर्थकहरुले पत्रकारहरुमाथि कुटपिट गरेका छन् । मेयरकै कार्यकक्षमा उनका समर्थकहरुले गरेको कुटपिटबाट तीन जना पत्रकार घाइते भएका छन् ।

मंगलबार जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धमा मेयर लालकिशोर साहसँग कुराकानी गर्न गएका पत्रकारहरुमाथि उनका समर्थकहरुले आक्रमण गरेका हुन् । कुटपिटबाट पत्रकारहरु अमरकान्त ठाकुर, सुभाष कर्ण र राजा झालाई चोट लागेको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले बताए ।

उपमहानगरपालिकामा प्रबक्ता नभएको र मेयरलाई जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धमा सोध्न खोज्दा पन्छिँदै आएको अध्यक्ष मिश्रले बताए । पत्रकारसँग भेट्नै नमानेपछि केही पत्रकार साथी यो बिषयमा मंगलबार बिहान १० बजे नै मेयरका कार्यकक्षमा पुगेका रहेछन्’ अध्यक्ष मिश्रले भने, “तर लामो समय मेयर साहले समय नदिएपछि पत्रकारहरु कार्यकक्षभित्रै गएर मन्दिरको जग्गा अतिक्रमणबारे धारणा माग्न खोज्दा उनका समर्थकहरुले हातपात गरेका रहेछन् ।”

उनका अनुसार मेयरका समर्थकका साथै नगर प्रहरीले पत्रकारहरुमाथि हातपात गरेका हुन् ।

यता मेयर साहले पत्रकारहरु कार्यकक्षमा आएर माइक मुखमै सटाएर प्रतिक्रिया लिन खोजेको र उनीहरुले आफैं हो–हल्ला गरेको आरोप लगाएका छन् । आफ्ना समर्थक र नगर प्रहरीले यसरी प्रतिक्रिया नलिन आग्रह मात्रै गरेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?