+
+

विमानमा मिसाइल आक्रमण नभएको इरानको स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते २०:३४

काठमाडौं । युक्रेनको विमानमा मिसाइल आक्रमण गरेको दाबीलाई इरानले अस्वीकार गरेको छ ।

बुधबार युक्रोनको विमान तेहरानको विमानस्थलबाट उडे लगतै दुर्घटना भएको थियो, जसमा चालक दलका सदस्य र १७६ यात्री सबैको मृत्यु भएको छ ।

पश्चिमा देशका कयौं नेताहरुले विमान दुर्घटनाको कारण मिसाइल भएको प्रमाण भएको दाबी गरेका थिए । उनीहरुको अनुमान थियो कि इरानले जमीनबाट आकासतिर हानेको मिसाइल विमानमा गएर लाग्यो । शायद भूलबस यस्तो भयो ।

किनकी त्यसबेला इरानले आफ्न सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन इराकस्थित सैन्य अखडाहरुमा मिसाइल आक्रमण गरेको थियो ।

तर इरानका नागरिक उड्डयन प्रमुखले विमान दुर्घटना मिसाइलका कारण नभएको दाबी गरे । अली अबेदजादेहले भनेका छन्, ‘हामी पुरा विश्वासका साथ यो भन्न सक्छौं कि विमानसँग मिसाइल ठोक्किएको थिएन । देखिन्थ्यो कि विमान एक डेढ मिनेटसम्म हावामा थियो र त्यसमा आगो लागेको थियो । लोकेसनले पनि थाहा हुन्छ कि पाइलट विमानलाई विमानस्थलमा फर्काउने प्रयासमा थिए ।’

इरान सरकारका प्रवक्ता अली राबेईले पनि अमेरिका र अन्य देशले झुटो बोलेर तथा मनोबैज्ञानिक युद्ध गरेर विमान दुर्घटनाबारे अनुमानहरु गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?