+
+

मोरङमा मापसे गर्ने दुई समूहबीच कुटाकुट, दुईको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १६:४४

५ माघ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा मादक पदार्थ सेवन गरी दुई समूहबीच कुटाकुट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । शनिबार राति भएको झडपमा स्थानीय विसुनदेव मुखिया र बलराम मुखिया गम्भीर घाइते भएका छन् । उनीहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह र ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको मापसे गर्दा भएको विवादपछि कुटाकुट भएको थियो ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा हरिओम र धनीरामबीच विवाद भएको थियो । दुई जनाले आफ्ना मान्छेलाई फोन गरी बोलाएपछि झगडा सुरु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले धनीराम, मणिचन, रामविलास, शंकर, हरिओमलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?