+
+

सिद्धबाबा धरौटीमा छाड्ने आदेश बदर, थुनामा राखेर पुर्पक्ष गर्न उच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १८:०९

९ माघ, विराटनगर । उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेको छ । र, थुनामा राखेर पूर्पक्ष गर्न भनेको छ ।

मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश वेरितको भएको ठहर गरेको छ ।

सिद्धबाबामाथि महिला अनुयायीमाथि बलात्कार गरेको अभियोग छ । जिल्लाले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध उच्च अदालतमा परेको पुनरावेदनको फैसला आउनुअघि सिद्धबाबा भने भारततिर लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?