+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मौसमी तरकारीको मूल्य आधा घट्यो

नवीन ढुंगाना  नवीन ढुंगाना 
२०७६ माघ २७ गते १८:०५

२७ माघ, काठमाडौं । कुखुराको मासुले ढाड सेकिएको बेला हरियो तरकारीको मूल्यले भने उपभोक्तालाई राहात दिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काउली, बन्दा, गोलभेडा, साग, मुला, आलु, गाजर जस्ता दैनिक उपभोग्य तरकारीको मूल्य साढे दुई महिना अवधिमा आधाभन्दा धेरै सस्तोमा थोक तथा खुद्रामा खरिद बिक्री भईरहेको छ ।

साढे दुई महिना अवधिमा तराई काउलीको थोक मूल्यमा ७८ प्रतिशतको ह्रास आएको छ । तराई गाजरको मूल्य पनि ६९ प्रतिशतले घटेको छ, टनेल गोलभेडाको मूल्य ६४ प्रतिशतले घट्दा सुकेको भारतीय प्याजको मूल्य ६६ प्रतिशतले घटेको बजार बिकास समितिले जनाएको छ ।

कति घट्यो थोकमा

मंसिर १५ गते प्रतिकिलो थोक ८२ रुपैयाँ रहेको तराई काउलीको मूल्य माघ २७ मा ७८ प्रतिशतले घटेर १८ रुपैयाँ किलोमा बिक्रि भईरहेको छ ।

सोही अवधिमा ८२ रुपैयाँमा बिक्री भएको तराई गाजरको मूल्य ६९ प्रतिशतले घटेर २५ रुपैयाँ किलोमा आईपुगेको छ ।

स्थानीय काउलीको मूल्य पनि ८८ रुपैयाँबाट घटेर २८ रुपैयाँमा कारोबार भईरहेको छ । सोही अवधिमा ४६ रुपैयाँ भाउ रहेको रातो स्थानीयको मूल्य २६ प्रतिशतले घटेर ३४ रुपैयाँ किलोमा बिक्री भईरहेको छ ।

भारतीय आलु पनि प्रतिकिलो ११ प्रतिशतले घटेको छ । सुकेको प्याजको मूल्य १ सय ६५ रुपैयाँ प्रतिकिलोबाट घटेर ७२ रुपैयाँ कारोबार भईरहेको छ । यस्तै सानो गोलभेडाको मूल्य ६४ प्रतिशतले घटको छ ।

मंसिरमा ४५ रुपैया प्रतिकिलो रहेको गोलभेडाको थोक मूल्य १६ रुपैयाँमा आईपुगेको छ । तोरी, मेथी तथा चमसुरको सागको मूल्य पनि घटेको छ ।

कति घट्यो खुद्रामा

बजार विकास समितिले तोकेको खुद्रा मूल्यमा पनि तरकारीको मूल्य आधाले घटेको छ । मंसिरमा ७५ रुपैयाँ किलोमा बिक्रि भईरहेको  टनेल गोलभेडाको खुद्रा मूल्य अहिले ३५ रुपैयाँमा झरेको छ ।

प्रतिकिलो १९५ रुपैयाँ पर्ने कन्य च्याउको भाउ ४६.१५ प्रतिशले घटेर १०५रुपैयाँमा आईपुगेको छ । यस्तै पालुगों, चमसुर, तोरी, रायोका सागमा पनि आधा भन्दा धेरै मूल्य घटेको छ ।

प्रतिकिलो ४५ रुपैयाँबाट घटेर रायोको साग ३५ रुपैयाँमा तथा ११५ रुपैयाँको चमसुरको साग ४५ रुपैयाँमा झरेको छ, । यस्तै सुकेको भारतीय प्याज १९५ रुपैयाँ प्रतिकिलोबाट घटेर ९५ रुपैयाँमा आईपुगेको छ ।

किन घट्यो मूल्य 

सिजनल तरकारीको अत्यधिक उत्पादनले मूल्य घटेको तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडा बताउँछन् । ‘काउली, आलु, गाजर जस्ता तरकारी उत्पादन हुने सिजन भएकाले मूल्य घटेको हो,’ महासचिव खतिवडाले भने ।

भारतीय गोलभेडा धेरै मात्रामा नेपाल भित्रिँदा गोलभेडाको मूल्य ओरोलो लागेको कालीमाटीका तरकारी व्यवसायी सामर्थ ढुंगानाले बताए ।  तराईमा अत्यधिक मात्रामा काउली र गाजर उत्पादन भएको र त्यो बजारमा आएका कारण मूल्य घटेको उनले बताए ।

साग, आलु, काउलीको मूल्यमा आन्तरिक उत्पादन कारक भए पनि गोलभेडा भनेै भारतीयको मारमा परेको उनले बताए । भातीय उत्पादन बजारमा आएकै कारण नेपाली उत्पादन मारमा परेको व्यवसायी ढुंगानाले बताए ।

कालीमाटी  फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीको सिजन र अफ सिजनमा मूल्यको घटबढ नियमित र स्वभाविक भएको जनाएको छ ।

सिजनमा पाइने तरकारीको सस्तो मूल्यले उपभोक्तालाई लाभ पुग्ने समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

मूल्य बढेका तरकारी             

कालीमाटी बजार विकास समितिकाअनुसार अफसिजनल तरकारीको मूल्य भने अहिले बढेको छ । बर्षायाममा मात्रै धेरै उत्पादन हुने तरकारीहरु काँक्रो, करेला, हरियो खुर्सानी, भिण्डीको मूल्य भने बढेको छ ।

मंसिरमा ६५ रुपैयाँ किलोमा पाईने तिते करेला ९२ प्रतिशतले बढेर १ सय २५ रुपैयाँ प्रतिकिलो पुगेको छ । भिन्डी पनि १४ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?