+
+

परिवार सुख नै सर्वोच्च सुख हो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १२:५८

परिवारमा सधै हाँसीखुसी छ, मेलमिलाप छ, प्रेमिल वातावरण छ । एकअर्काले मर्यादा पालना गरेका छन् । आपसमा सहयोग आदनप्रदान हुन्छ । हरेक समस्या वा अप्ठ्याराहरुमा सबैको साथ र सहयोग रहन्छ । सबैजना एकसाथ खाना खान्छन् । रमाइलो गर्छन् । चाडपर्व, उत्सव र जमघटमा सबैको सहभागिता रहन्छ । परिवारका सदस्यहरुले आ-आफ्नो काम वा जिम्मेवारी सम्हालेका छन् । हजुरबा-हजुरआमाप्रति सबैको श्रद्धाभाव छ । बालबच्चाप्रति सबैको प्रेम छ । यस्तो परिवारले सुख खोज्न अन्त जानुपर्दैन । घर नै उनीहरुका लागि स्वर्ग हो ।

पौराणिक शास्त्रहरुमा भनिएको छ, परिवार सुख नै सर्वोच्व हो । हुनपनि परिवारमा सुख र मेलमिलाप छ भने जस्तोसुकै समस्याले पनि विचलित बनाउँदैन । परिवारको सुख यस्तो शक्ति हो, जसले हरेक सदस्यलाई सधै हँसिलो राख्छ । जाँगरिलो बनाउँछ । स्फूर्ति र उमंग कायम राख्छ ।

जब हाम्रो परिवार मर्यादित हुन्छ, उत्तरदायी हुन्छ, सुखी हुन्छ, खुसी हुन्छ, तब हाम्रा सबै दुःख, कष्ट, पीडा, अभाव नष्ट हुन्छ । त्यसैले हामी जहिले पनि परिवारसँग एकाकार भएर नै जीवनको सर्वोच्व खुसी खोज्ने हो ।

हरेक घरको आफ्नै संस्कार हुन्छ, चालचलन हुन्छ । त्यही संस्कारले नै परिवारलाई मर्यादित बनाउने हो । अक्सर हजुरआमा, हजुरबाले आफ्ना सन्ततीलाई पारिवारिक संस्कारको पालना गराउँथे । उनीहरुले आफुले हासिल गरेको परिपक्क सीप, ज्ञान, अनुभव बाँकी पुस्तामामा बाढ्थे ।

परिवारलाई एकढिक्का बनाउनका लागि महिलाको खास भूमिका रहन्छ । पारिवारिक धर्मले पनि सबै सदस्यलाई मर्यादित जीवन जिउनका लागि प्रेरित गर्छ ।

धर्मले मान्छेलाई विनम्र बनाउँछ । विनम्रताले एकअर्कामा सम्मान भाव पैदा गर्छ । एकअर्कामा गरिने आदर सम्मानले परिवारलाई सुखी तुल्याउँछ ।

परिवारलाई सुखी, खुसी, समृद्ध बनाउनका लागि धेरै कुराको आवश्यक्ता हुन्छ ।

खासमा कुल भनेको हाम्रो परिवारको उद्गम हो । आफ्ना पूर्खालाई हामी कुल मानेर श्रद्धा गर्छौं । कलहले कुलको नष्ट हुन्छ । कुलिनताले कुलको वृद्धि हुन्छ । संयुक्त परिवारको आधार हो, कुल, कुलको परम्परा, कुल देवता, कुल देवी, कुल धर्म र कुल स्थान । धर्मकोल अरु पनि कुनै केन्द्र हुन्छ, जसलाई सम्झिएर त्ससलाई सम्मान गर्नुपर्छ ।

शास्त्रको अनुसार स्त्री परिवार र धर्मको केन्द्रविन्दु हो । यसैले स्त्रीले पनि आफ्नो धर्मलाई पालना गर्नुपर्छ । आफ्नो मर्यादाको ख्याल गर्नुपर्छ । शासत्रले भन्छ कि, स्त्रीले पति र घरका बुजुर्गको कुरालाई सम्मान गर्नुपर्छ । पालना गर्नुपर्छ ।

पति र पत्नीबीच मतभेद हुनु सामान्य र स्वभाविक हो । तर, यस्तो अवस्थामा संयमित भएर पतिको साथ दिनुपर्छ । पतिसँग यस कुरामा एकान्तमा छलफल गर्नुपर्छ । स्त्रीले आफ्नो चरित्रलाई उत्तम बनाएर राख्नुपर्छ । शास्त्र भन्छ कि, जब पति पत्नीमा आपसी कटुता वा मतभेत हुँदैन, गृहस्थी धर्म, अर्थ वा काम सुख समृद्ध हुन्छ ।

शास्त्र अनुसार जहाँ नारीको पूजा र सम्मान हुन्छ, त्यहाँ सुख, शान्ति र समृद्धि रहन्छ । पुरुषले यदि स्त्रीको उचित सम्मान गर्दैन, उनको भावनाको ख्याल राख्दैन भने उनको पारिवारिक जीवन नर्क समान हुन्छ । पुरुष एक पत्नीव्रत हुनुपर्छ ।

पुरुषले आफ्नो योग्यता, धन, बुद्धि सम्मान, शुद्ध चरित्र र परिवारप्रति दयाभाव बढाउनुपर्छ । परिवारका पाको, स्त्री र बच्चालाई खुसी राख्नमा ध्यान दिनुपर्छ । पुरुषले वीरतापूर्वक आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । हरेक समयमा उनले नेतृत्वदायी भूमिका खेलेर आफ्ना परिवारका सदस्यमा सहास र भयमुक्त जीवनको संचार गराउनुपर्छ । यद्यपी पुरुषले आफ्नो निर्णय एकलौटी रुपमा लिनु हुँदैन । सबैसँग सल्लाह गरेर लिनुपर्छ ।

संयुक्त परिवारको महत्व

संयुक्त परिवारमा आमाबुवा, हजुरआमाहजुरबा, छोराछोरी रहन्छन् । काकाकाकी पनि रहन सक्छ । परिवारका सबै सदस्य एकढिक्का भएर बस्नु नै संयुक्त परिवारको खास विशेषता हो ।

हिन्दु सनातन धर्मले संयुक्त परिवारलाई श्रेष्ठ शिक्षण संस्थान मानेको छ । धर्मशास्त्रमा भनिएको छ, जुन घर संयुक्त परिवारको पोषक हुन्न, उनीहरुको शान्ति र समृद्धि केवल एक भ्रम हो ।

संयुक्त परिवारले नै घरमा खुसी र समृद्धि ल्याउने हो । संयुक्त परिवारको रक्षा हुन्छ, सम्मान हुन्छ, संयम हुन्छ र सहयोग हुन्छ । संयुक्त परिवारबाट संयुक्त उर्जाको जन्म हुन्छ । संयुक्त उर्जाले हरेक दुःख नष्ट गर्छ । संयुक्र परिवार बढेर कुटुम्ब सम्बन्ध बन्छ । कुटुम्बको भावनाले सबै किसिमको दुःख मेटिन्छ । यही पितृयज्ञ पनि हो ।

तर, आजको सामाजिक परिवर्तनले धेरै परिवारलाई टुक्र्याएको छ । संयुक्त परिवारको ठाउँमा एकल परिवार छ । बद्लिदो जीवनशैली र प्रतिस्पर्धाले तनाव एवं बेचैनी जन्माइदिएको छ ।

जबकी संयुक्त परिवारमा तनाव कम हुन्छ । एकअर्काको सहयोग, आड भरोसाले जीवन सधै खुसीपूर्वक वित्छ ।

संयुक्त परिवारमा बालबच्चाको लालनपालन र मानसिक विकास पनि सही ढंगले हुन्छ । बुढाबुढीहरु सन्तुष्ट हुन्छन् । बालबच्चाले घर परिवारबाट अमूल्य संस्कार सिक्ने मौका पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?