
७ फागुन, काठमाडौं । सप्तरीमा विद्यार्थीका लागि खाजा बनाउने क्रममा ग्यास लिक हुँदा आगलागी भएको छ ।
सुरुङ्गा नगरपालिका-८ स्थित राष्ट्रिय अधारभूत विद्यालय महुलियामा विद्यार्थीका लागि खाजा बनाउने क्रममा बुधबार दिउँसो आगलागी भएको हो ।
आगलागीबाट फर्निचर, खाद्यान्न सामाग्री, पुस्तक लगायत अन्य कागजातहरु समेत जलेर करिब २ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र विद्यार्थीहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4