+
+

जनताका मुद्दा सम्बोधन भए सरकारबारे सोच्न सकिन्छ : राजेन्द्र महतो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १० गते १२:३०

१० फागुन, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताका मुद्दा सम्बोधन नभएसम्म सरकारका जान नसकिने बताएका छन् । महतोले संविधान संशोधन, रेशम चौधरीसहितको रिहाइ र आफ्ना कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता नभएसम्म सरकारमा जान नसकिने बताए ।

धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर २० देवपुर रुपैठामा शनिबार धर्मशाला शिलान्यास गर्दै नेता महतोले भने, ‘जनताका मुद्दा सम्बोधन भएपछि सोंच्न सकिन्छ । तर अहिले सरकारमा जाने कुनै कुरा छैन ।’

संसद विकास कोषको रकम पहिला चार करोड रहेको र अहिले ६ करोड भएको बताउँदै उनले यो सम्पूर्ण रकम जनताकै लागि खर्च गरिने बताए । ‘यो पैसा तपाईंहरुकै हो । यसबाट तपाईंहरुकै योजना कार्यान्वयन हुन्छ,’ उनले भने ।

संसदीय कोषको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्ग २५ लाख रुपैयाँ लागतमा धर्मशाला निर्माण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?