+
+

रिस उठेपछि किन बदलाको भाव जाग्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १२:३२

रिस उठेपछि बदला लिन खोज्नु धेरै मानिसको स्वभाव हुन्छ । हामीहरु धेरैलाई लाग्न सक्छ कसैले हामीमाथि आक्रमण गर्छ वा केही भन्छ भने त्यसमाथि तत्कालै आक्रमण गरिहालौं । यदि ऊ हामीभन्दा बलियो छ भने हामीहरु मनभित्रै कुण्ठा बोकेर बस्ने गर्छौं । यदि कमजोर व्यक्ति छ भने हामी त्यसको प्रत्याक्रमणमा उत्रिहाल्छौं ।

कसैले गरेको आलोचनामा मात्रै पनि हामीहरु रिसाउने र बदला लिने उत्कट चाहनाहरु राखिहाल्छौं । वास्तवमा हामीलाई यस्तो रिस उठ्ने र खुशी हुने खालका प्रणालीहरुको पछाडि कसको हात हुन्छ ? यो धेरैलाई चासो लाग्न सक्छ । यसको बारेमा वैज्ञानिक खोजी समेत भएको पाइन्छ । सो खोजी अनुसार त्यस्ता किसिमको द्वन्द्वमा संलग्न व्यक्तिहरुमा प्रेम हार्मोन आक्सीटोसिनको स्तर बढेसँगै मानिसहरु यस्तो व्यवहार देखाउन थाल्छन् । यही हर्मानको कारणले मानिसको निर्णय लिने गतिविधिसँग सम्बन्धित ‘ब्रेनस्टेम’लाई असर गर्न गर्छ ।

हार्मोनको बढ्दो स्तरको साथ प्रेम बढ्छ

यस अध्ययनले बदला लिने मानिसहरू यही हर्मोनको कारण नै आवेशमा आउने गरेको देखाएको छ । अध्ययनमा भनिएको छ ‘कुनैपनि व्यक्तिको आवेश बढाउने र उसलाई बदलाको भावना विकास गराउने काम नै यही हर्माेनले गर्ने गर्छ । बेलायतको ’ईलाइफ’ पत्रिकामा प्रकाशित यस अध्ययनमा भनिएको छ कि ‘हर्मोनको स्तर बढाउँदा समूहमा प्रेम र समानुभूतिको भावना बढ्छ र बाहिरी समूहले आक्रमण गर्दा बदलाको चाहना पनि यसैको कारणले बढ्ने गर्छ ।’ चीनको पेकिंग युनिवर्सिटी लगायत अन्वेषकहरूको अध्ययनले समेत केही व्यक्तिहरू बिच सुरुमा झगडा हुँदा कसरी सम्पूर्ण समुदायमा फैलिन्छ भनेर एउटा अध्ययन गरेको थियो । यसले पनि सोही विषयमा जोड दिएको छ ।

अक्सिटोसिनको कारण समूहमा समानुभूतिको भावना आउँछ

पेकिंग विश्वविद्यालयले गरेको अध्ययनका प्रमुख लेखक शियाचुन हानले भनेका छन् ‘सबै मानिसहरुमा झडपको क्रममा आक्रमणको बदला लिने इच्छा हुन्छ । तर, यसको पछाडि रहेको न्यूरोबायोलोजिकल प्रक्रिया अझै अस्पष्ट छ । अघिल्लो अध्ययनको आधारमा उनले भनेका छन् कि अक्सिटोसिनले सामूहिक समानुभूतिको महसुस गर्न भूमिका खेल्दछ र आन्तरिक द्वन्द्वलाई नियमित गर्दछ ।

आफूभन्दा बढी उमेरको मानिसलाई फकाउनु मुस्किल

जहिलै पनि आफूभन्दा पाको उमेरको मान्छेको रिस शान्त पार्न कठिन छ । किनकि हामी आफैं उनीहरुभन्दा सानो छौं । उनीहरूलाई विश्वस्त पार्न र आफ्नो रिसलाई शान्त पार्न हामी थोरै हिचकिचाउँदछौं । तर, यदि तिनीहरूले आफ्नो रिसलाई शान्त पार्न दृढ संकल्प गरे भने यो कुनै ठूलो कुरा भने नभएको मानिन्छ ।

हामीभन्दा सानो मान्छे रिसाएको छ भने उसको रिसको कारण पत्ता लगाएका उसलाई सम्झाउन सक्नु हुन्छ । तर, आफूभन्दा बढी उमेरको मान्छे रिसायो भने उसलाई फकाउनको लागि धेरै कठिन हुने गर्छ । रिसलाई शान्त पार्न सबैभन्दा महत्वपूर्ण औषधि मीठो बोल्नु हो ।

डिमेन्सिया हुँदा अर्को समस्या

डिमेन्सिया शब्दले वास्तवमा मस्तिस्कमा समस्या गराउने गर्दछ । यसले शारीरिक परिवर्तनसँगै मस्तिष्कको संरचनामा समेत असर गर्ने गर्छ । यी परिवर्तनहरूले मेमोरी, सोच, व्यवहार र मुडलाई असर गर्दछ ।

मोटामोटी रूपमा, यो मेमोरी गुमाउने रोगको सूचक हो । जसरी यो समस्या बढ्छ, त्यो व्यक्ति नियमित कार्यहरू गर्न असक्षम हुन्छ । यसको अर्को रूप अल्जाइमर पनि हो । डिमेन्शिया रोग लागेको व्यक्तिले आफ्नो पर्स बोक्न, बिल तिर्न, खाना पकाउन, महत्वपूर्ण व्यक्तिहरूलाई भेट्न, छिमेकीहरूको अनुहार सम्झन समेत बिर्सने गर्छ । यसले पनि मान्छेलाई रिस उठ्ने र बदलाको भावना समेत बढ्ने गरेको जानकारहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?