Comments Add Comment

परीक्षाको तयारी : यी कुराको ख्याल गरौं

यति बेला नेपालमा परीक्षाको मौसम चलिरहेको छ । एकातिर विद्यालय तहका वाषिर्क परीक्षाहरु सञ्चालन भैरहेका छन् भने केही दिनपछि नै एसईईको परीक्षा प्रारम्भ हुँदैछ । लगत्तै कक्षा ११ र १२ को परीक्षा पनि प्रारम्भ हुनेछ ।

परीक्षाको मीति नजिकिएसँगै विद्यार्थीहरुलाई तनाव हुनु स्वभाविकै हो । यद्यपि, केही कुराहरुलाई ध्यानमा राखियो भने तपाईंको परीक्षामात्र उत्कृष्ट हुने होइन, सँग-सँगै तनावलाई पनि हटाउन सक्नु हुनेछ । परीक्षाको तयारीका लागि केही अनिवार्य तथा सहज उपायहरु यस्ता छन् :

सही टाइम टेबल

अध्ययनको सबैभन्दा राम्रो तरिका हो टाइम टेबल बनाउनु । टाइम टेबल बनाउने बेलामा नै तपाईंले कहिले, कति र के पढ्ने भन्ने कुरा निश्चित गर्नु अनिवार्य छ । तपाईंले चाहनु भयो भने हरेक आधा घण्टा अथवा एक घण्टामा १० देखि १५ मिनेटसम्म ब्रेक पनि लिन सक्नु हुनेछ ।

ब्रेकपछि पुन पढ्न बस्दा तपाईं अझ राम्ररी पढाइमा ध्यान केन्द्रित गर्न सक्नु हुनेछ । एकै पटक धेरै भन्दा धेरै पढ्ने कोशिश गर्नु हुँदैन । पहिला कठिन विषयहरु अध्ययन गर्नु पर्छ । त्यसपछि मात्र सजिला विषयहरु पढ्ने टाइम टेबल बनाउनु पर्छ । बिस्तारै-बिस्तारै पढाईको घण्टालाई बढाउनु पर्छ, तर बीचमा ब्रेक भने लिनै पर्छ । यदि टाइम टेबलको हिसाबले पढाइ भयो भने सबै विषयमा बराबरी ध्यान दिन सक्नु हुनेछ ।

पर्याप्त निद्रा

परीक्षा तथा पढाईको दवावका कारण बालबालिकादेखि किशोर-किशोरीसम्मका विद्यार्थीहरु प्रसस्त निदाउन सक्दैनन् । उनीहरु मध्य रातिसम्म बढिरहन्छन्, बिहान पनि पढाइका लागि चाँडै उठ्छन् । जसका कारण उनीहरुको निन्द्रा पुरा हुन पाउँदैन । जसले उनीहरुको दिमाग सुस्त तथा त्यसको कार्य क्ष्ँमता समेत कम हुन्छ । दिमागले त्यसबेला मात्र सही तरिकाले काम गर्न सक्छ, जस त्यसले पर्याप्त आराम पाउँछ ।

मनोरञ्जन

विद्यार्थीहरुले केवल पढ्ने मात्र गरे भने उनीहरुको दिमाग बोझिलो हुन सक्छ । दिमागलाई ताजा अथवा ताजापन दिनका लागि समेत मनोरञ्जन अति नै अनिवार्य छ । दिमागलाई ताजा गर्नका लागि मनोरञ्जन अति नै अनिवार्य छ । मनोरञ्जनका लागि घरमा नै केही नयाँ तथा रमाइलो गतिविधिहरु गर्न सकिन्छ भने घर बाहिर साथीहरुसंग भेटघाट गरेर पनि आफ्नो मूडलाई ताजा गर्न सकिन्छ ।

शारीरिक व्यायाम

बिहानै उठेर हिँड्नु होस् अथवा योगा गर्नु होस् । घरमा नै कुनै व्यायाम गरे पनि हुन्छ । मानसिक स्वास्थका लागि शरीरलाई चुस्त-दुरुस्त राख्नु अति नै अनिवार्य छ । त्यसले दिमागलाई सही मात्रामा अक्सिजन पुर्‍याउने काम गर्छ, रक्तसञ्चारलाई उत्कृष्ट बनाउँछ भने त्यसले तिब्र गतिमा काम पनि गर्छ ।

खानपिन

अधिकांश बालबालिकाहरु अध्ययनको क्रममा खानपिनमा खासै ध्यान दिँदैनन्, तर यही बेला हो उनीहरुलाई धेरै भन्दा धेरै पोषणको आवश्यकता पर्दछ । बालबालिकाहरुलाई हरियो साग-सब्जि, ड्राइ फ्ड्स, जूस, दूध आदि खानेकुराहरु दिइरहनु पर्छ । त्यस्तै एकै पटक धेरै खानेकुरा खानुभन्दा थोरै-थोरै गरेर खानु पर्छ । परीक्षाको क्रममा धेरै मसला, चिल्लो, पिरो तथा फास्ट फूड खानबाट जोगिनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment