+
+

प्रत्येक वडाले विदेशबाट फर्कनेको दैनिक विवरण बुझाउनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १७:२९

९ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वडासँग विदेशबाट फर्कनेको अद्यावधिक विवरण मागेको छ । कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयार भएको रोकथाम तथा नियन्त्रण कार्ययोजना मन्त्रालयले हरेक वडाको विवरण मागेको हो ।

मन्त्रालयद्वारा स्थानीय तहरूलाई आइतबार जारी परिपत्रमा भनिएको छ, ‘प्रत्येक वडा कार्यालयमार्फत विदेशबाट फर्किएका व्यक्तिहरूको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गर्ने र सोको संख्यात्मक विवरण दैनिक रुपमा मन्त्रालयमा पठाउने ।’

मानिसहरूको दैनिक जमघट हुने सार्वजनिकस्थलहरू दैनिक रुपमा सरसफाइ गरेर संक्रमणरहित बनाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?