Comments Add Comment

प्रदेश २ मा ६ सय ९ को स्वाब र ३३३८ को र्‍यापिड टेस्ट

९ वैशाख, जनकपुरधाम । प्रदेश २ मा मंगलबारसम्म ६ सय ९ जनाको स्वाब परीक्षण गरिएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार, ६ सय ९ जनाको स्वाब परीक्षण गरिएकोमा १५ वटाको नतिजा आउन बाँकी छ । आएकामध्ये ५ सय ९० जनाको नेगेटिभ आएको छ भने पोजेटिभ आएका ४ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीमा ५४ जनाको स्वाब संकलन गर्दा १ जनाको रिपोर्ट आउन बाँकी छ । सिरहामा ६२ जना, धनुषामा ९५, महोत्तरीमा ११, सर्लाहीमा ४, रौतहटमा १ सय ४५, बारामा ६५ र पर्सामा १ सय ३८ जनाको स्वाब परीक्षण गरिएको छ ।

यस्तै, भारतबाट आएका ३२, काठमाडौंबाट आएका २ र कैलालीबाट आएका एक जनाको समेत स्वाब परीक्षण गरिएको छ ।

भारतबाट आएका समूहबाटै ३ जनामा कोरोना देखिएको छ । रौतहटमा पनि भारतबाटै आएका युवामा कोरोना देखिएको छ ।

प्रदेशमा ३ हजार ३ सय ३८ जनाको र्‍यापिड (आरडिटी) टेस्ट मंगलबारसम्म गरिएको छ । सप्तरीका ५११, सिरहाका २५१, धनुषाका १६१, महोत्तरीका १०२, सर्लाहीका ११६ जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

यस्तै, रौतहटका ३ सय ४३, बाराका १ सय १५ र पर्साका १ हजार ७ सय ३९ जनाको टेस्ट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ जनाको र्‍यापिड टेस्ट पोजेटिभ आए पनि पीसीआर गर्दा नेगेटिभ आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment