+
+

लागुऔषधसहित पाँच पक्राउ

रासस रासस
२०७७ वैशाख २२ गते १४:४३

२२ वैशाख, परासी । नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) मा लागुऔषधसहित आज ५ जना पक्राउ परेका छन् । प्रहरीले एकैघरका तीनसहित पाँचलाई जिल्लाको रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, परासीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रामग्राम-१० को एक घरमा लुकाइराखिएको अवस्थामा सात सय ग्राम गाँजा बरामद गरेको छ ।

गाँजा लुकाइछिपाइ राखेको अभियोगमा एकै घरका तीनसहित चार जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा ४५ वर्षीया मीना कुर्मी, उनका छोरा २२ वर्षीय नरेश र २४ वर्षीय मुकेश तथा रामग्राम-६ का ४५ वर्षीय प्रेम अग्रहरी छन् । यसैगरी रामग्राम-१२ पचगाँवाबाट लागुऔषधसहित चितवनको भरतपुर महानगरपालिका–१० का ३४ वर्षीय भगवाल घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा घलेले बोकेको झोलाबाट नुफिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनरागन १५० एम्पुल बरामद गरेको हो ।

अभियुक्त सबैलाई लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?