
२५ जेठ, काठमाडौं । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण करिब ६ करोड मानिस गरिबीमा जानसक्ने चेतावनी दिएका छन् ।
मालपासले शुक्रबार एक अन्तर्वार्ताको क्रममा ६ करोडभन्दा धेरुै मानिसले एक पाउण्डभन्दा कम रकममा दैनिक जीवन चलाउनुपर्ने अवस्था आउने बताएका हुन् ।
उनले कोरोना भाइरस विश्वव्यापी अर्थतन्त्रको लागि ठूलो धक्का रहेको बताएका छन् । मालपासले यो महामारीको कारण करोडौं मानिसको जीवनमा असर पर्न सक्ने र यसको असर अबको एक दशकसम्म रहन सक्ने बताएका छन् ।
उनले महामारीको कारण अहिले विश्वभरका करोडौं मानिसहरुको जनजीवन प्रभावित बनेको बताएका छन् । महामारीको कारण मानिसको आम्दानीमा कमी आउने मात्र नभई मानिसहरु स्वास्थ्य र सामाजिक मेलमिलापमा पनि धेरै सचेत बनेका छन् । यस्तोमा केही मानिसहरुले निकै कठिनाइका साथमा यसको सामना गरिरहेको मालपासले बताएका छन् ।
अहिले अमेरिकाको स्टक मार्केट अपेक्षा गरिएको भन्दा माथि रहेको भए पनि कमजोर आम्दानी भएका मुलुकमा भने धेरै मानिस बेरोजगार बन्नुका साथै असंगठित क्षेत्रमा पनि काम नपाउने अवस्था रहेको उनको भनाइ छ । यसको असर एक दशकसम्म रहने मालपासले बताए ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4