+
+

बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन [ फोटो फिचर र भिडियो ]

चन्द्र आले/आर्यन धिमाल चन्द्र आले/आर्यन धिमाल
२०७७ जेठ २९ गते २०:१३

२९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै बालुवाटारमा प्रदर्शन भएको छ ।

सरकारविरुद्ध प्रदर्शन गर्न बुधबार स्वस्तफुर्त जम्मा भएका उनीहरुले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने माग गरेका थिए ।

प्रदर्शनकारीलाई तिरतवितर बनाउन प्रहरीले पानीको फोहोरा हानेको थियो । तर प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रुग्यास समेत हानेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केहीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

दुई दिनअघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन भएको थियो ।

तर बिहीबार भएको प्रदर्शनमा दुई हजारभन्दा बढी सहभागी भएका थिए । ११ चैतदेखि लकडाउन सुरु भएयता ठूलो प्रदर्शन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?