 
																			६ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘ सहकारी ठगलाई कारबाही गर, रवि लामिछाने होइन ठगी लामिछाने, अदालतले भन्यो: गिरीबन्धुमा नीतिगत भ्रष्टाचार, सहकारी ठगलाई नाकको डाँडी भाँचिने गरी कहिले हान्ने ?, गजब छ बा !, बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग ‘ लगायतका ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।
गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।
यसअघि नेविसंघले संसद् भवनअगाडि पनि सहकारी ठगलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको थियो ।
हेर्नुहोस् तस्वीरहरू :
 
  
  
  
  
  
  
  
 
 
  
  
  
  
  
  
  
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                
प्रतिक्रिया 4