News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ।
- सुनुवाइ आइतबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा भएको थियो र अब सोमबारका लागि पुनः तय गरिएको छ।
- भदौ २३ र २४ गतेको जेनजी आन्दोलन घटनाको छानबिनका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अनुसन्धान सिफारिस गरेको थियो।
२२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आज आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।
आज सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जानकारी दिएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीविरुद्ध अनुसन्धानका गर्न सिफारिस गरिएको थियो ।
उनीहरू दुवै जना चैत १४ गते पक्राउ परेका थिए । ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोधा थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
प्रतिक्रिया 4