News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा पाको अनुभव र नवयुवा ऊर्जा बीच सार्थक सिनर्जी हुनुपर्ने बताए ।
- ओलीले २०८२ को इतिहासको समीक्षा गर्दै सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि अघि बढ्नुपर्ने उल्लेख गरे।
- उनी अहिले पत्थरीको शल्यक्रिया गराएर अस्पतालमा उपचाररत छन् ।
१ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि पाकाका अनुभव र नयाँ पुस्ताको युवा ऊर्जाबीच सार्थक सहकार्य (सिनर्जी) हुनुपर्ने बताएका छन् ।
नयाँ वर्ष २०८३ को अवसरमा मङ्गलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन् । अघिल्लो वर्षका सफलता र विफलतालाई इतिहासको जिम्मा छाड्दै विगतको समीक्षा र भविष्यको आकलन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि- २०८२ अब इतिहास भयो,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् ।’
२०८२ सालमा पुराना दल र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै युवा पुस्ताको आन्दोलन र नयाँ राजनीतिक शक्तिहरूको उदय भएको पृष्ठभूमिका बीच एमाले अध्यक्ष ओलीको यो भनाइ आएको हो ।
उनी अहिले पत्थरीको शल्यक्रिया गरेर अस्पतालमा उपचार गरिरहेका छन् ।
प्रतिक्रिया 4