
२४ भदौ, काठमाडौं । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१७ दोबिल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी रहेका छन् ।
जिल्ला अदालत चितवन तथा पुनरावेदन अदालत हेटौंडाले २०५९ फागुन १२ गते उनीविरुद्ध सवार ज्यान मुद्दामा ४ वर्ष ११ महिना ५ दिन कैद सजाय सुनाएको थियो ।
लामो समयदेखि फरार रहेका गिरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4