+
+

जनताको साथले खुशी छुः उर्मिला

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते १२:०२

नायिका कंगना रनावतले नायिका उर्मिलालाई सफ्ट पोर्न स्टार भनेर आरोप लगाइन् । उर्मिलाले खेलेका चलचित्रमा उनको अभिनय नभएको कंगनाको टिप्पणी थियो ।

कंगनाको यो टिप्पणीमा नायिका उर्मिलाले प्रतिक्रिया दिएकी छिन् । उनले, सफ्ट पोर्न स्टार भनिएको बिषयमा भने केही पनि बोलेकी छैनन् । तर, सिंगो भारतबाट नै आफूलाई समर्थन आएको भन्दै उनले खुशी व्यक्त गरेकी छिन् ।

उर्मिलाले आफूलाई महाराष्ट्रबाट धेरै समर्थन मिल्ने अपेक्षा भएपनि सिंगो भारतीय जनताले नै आफूलाई साथ दिएको भन्दै खुशी व्यक्त गरेकी हुन् ।

उनले, अझै पनि भारतमा सकारात्मक सोच भएका जनताको ठूलो हिस्सा रहेको बताइन् । उनले भारतीय मिडियासँग भनिन्–‘सिंगो भारतको साथका लागि धन्यवाद । तपाइहरुले ट्रोलरलाई जित्नु भएको छ । यो एउटा उत्साहजनक जित हो । तपाइहरुको साथले नै मलाई बनाएको हो ।’

कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ भनेपछि उनको विरुद्धमा बलिउडकर्मी र भारतका जनता देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?