+
+

निजगढका लागि ४ लाख रुख कटान हुने सम्भावना छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते १७:०४

१८ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणका लागि ४ लाख रुख काटिने अनुमान गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री भट्टराईले १९०० हेक्टर क्षेत्रफल जमिनमा बन्ने एयरपोर्टका लागि कति रुख कटान हुन्छ भन्ने गणना भइरहेको भन्दै विभिन्न १२ वटा ब्लकमा विभाजन गरेर रुख गणनाको सुरु गरिएको बताए ।

अहिलेसम्म २ वटा ब्लकको गणना गर्ने काम सकिएको छ । दुईवटा ब्लकमा ६५ हजार रुख छन् । त्यसैलाई आधार मान्दा १२ वटा ब्लकमा ४ लाख रुख रहेको अनुमान गरिएको उनको भनाइ छ ।

यस्तै, विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको दाबी मन्त्री भट्टराईको छ । बासिन्दाका लागि दिनुपर्ने मुआब्जा ८० प्रतिशत वितरण भइसकेको र केहीलाई स्थानान्तरण गर्ने कामको सुरुवात भएको उनले बताए ।

मन्त्री भट्टराईले विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम पनि लगानी बोर्डमार्फत भइरहेको बताएका छन् ।

लगानी बोर्डले जुरिच अन्तर्राष्ट्रिय विमानस्थललाई लगानीकर्ताको रुपमा छनौट गरिसकेको र विभिन्न दुई चरणमा प्रस्तावना आदानप्रदान भइसकेको उनको भनाइ छ ।

उक्त कम्पनीलाई पछिल्लो पटक लगानीका लागि अन्तिम मौका दिइएको पनि उनले बताए । त्यसपछि पनि लगानी सुनिश्चित नभए देश विदेशबाट लगानीकर्ता खोज्ने वा सरकार आफैंले लगानी गर्ने भन्ने सम्बन्धमा छलफल गरी टुंगो लगाइने उनको भनाइ छ । तर पनि विमानस्थल निर्माणका अन्य कामहरु भने भइरहेको मन्त्री भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?