+
+

उपत्यकाका फाँटमा लहलह धान, किसानलाई चटारो

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ असोज १९ गते १९:२३

१९ असोज, काठमाडौं । गत जेठ-असारमा काठमाडौं उपत्यकामा रोपिएको धान अहिले पाक्ने बेला भएको छ । काठमाडौं उपत्यकाको मुख्य शहरी क्षेत्र भन्दा केही पर जहाँ बस्ती पातलो छ र फाँटहरुमा लहलह धान झुलेको देख्न सकिन्छ ।

अहिले किसानहरु धान काट्न, चुट्न र थन्क्याउने काममा व्यस्त हुन थालेका छन् । दशैं सुरु हुन अझै करिब १५ दिन बाँकी छ । धेरै किसानहरु धान भित्र्याएर दशैं मान्ने तयारीमा छन् ।

ललितपुरको गोदावरी नगरपालिका-९ छम्पीमा किसानहरु धान काट्ने, त्यसलाई थ्रेसरमा कुट्ने, धानबाट भुस केलाउने र थन्क्याउने काममा व्यस्त भएको देखिन्छ ।

हेर्नुहोस् तस्वीरहरु  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?