Comments Add Comment

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

२१ असोज, सुर्खेत । सल्यानमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् ।

११ वर्षदेखि फरार भएका साविकको कुपिण्डे गाविस-७ का ३६ वर्षीय हिमबहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वली जानकारी दिए ।

प्रवक्ता वलीका अनुसार बोहोराले २०६६ भदौ २७ गते बेलुका कुपिण्डे-१, को अमर प्राथमिक विद्यालय, पिपल चौताराको प्राङ्गणमा भलिबल खेल्ने क्रममा विवाद हुँदा कुपिण्डे-७ कै १८ वर्षीय (घटना हुँदा) रामलाल बिकको पेटमा छुरा प्रहार गरी फरार भएका थिए ।

उक्त छुरा प्रहारबाट घाइते बिकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सोही दिनदेखि फरार भएका बोहोरा बाँकेमा लुकीछिपी बसेको जानकारी पाएपछि प्रहरी टोलीले मंगलबार पक्राउ गरेको थियो ।

बोहोरालाई बुधबार जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रवक्ता वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment