
१८ कात्तिक, जनकपुरधाम । रूघाखोकीसँगै ज्वरो आएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत एक सातादेखि होम आइसोलेसनमा बसेका छन् । उनी जनकपुरधामस्थित निवासलाई नै होम आइसोलेसन बनाएर बसेका हुन् । ‘अनलाइनखबरसँग कुरा गर्दै उनले भने, “एक साता अगाडि रुघाकोकी र ज्वरो देखिएपनि अहिले भने पूर्ण रुपमा स्वस्थ्य छु ।”
होम आइसोलेसनमा बसेपछि तत्कालका लागि भेटघाट बन्द गरिएको उनले बताए । कात्तिकको पहिलो साता काठमाडौंबाट फर्केपछि स्वास्थ्यमा समस्या देखिएको र त्यही समयदेखि होम आइसोलेसनमा बस्न सुरु गरेको मुख्यमन्त्री राउतले बताए ।
स्वास्थ्यमा समस्या देखिएपनि कोरोना परीक्षण नगरिएको बताउँदै उनले २/३ दिनमा त्यो परीक्षण पनि गराउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4