
२५ कात्तिक, काठमाडौं । कपिलवस्तुकी एकजना कोरोना संक्रमित वृद्धाको उपचारको क्रममा रुपन्देहीमा मृत्यु भएको छ ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तुको बाणगंगा नगरपालिका-१ जीतपुर बस्ने ७० वर्षीया वृद्धाको मंगलबार दिउँसो २ः४५ बजे मृत्यु भएको हो ।
ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपनि उनी २३ कात्तिकमा अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी थिइन् । उपचारको क्रममा कोरोना परीक्षण गर्दा त्यसको भोलिपल्ट उनको रिपोर्ज पोजेटिभ आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4