Comments Add Comment

अक्षयको ‘लक्ष्मी’ले बनायो डिजिटल प्लेटफर्ममा नयाँ रेकर्ड

नायक अक्षय कुमार र नायिका कियरा आडवाणीको मुख्य भूमिका रहेको चलचित्र ‘लक्ष्मी’ नोभेम्बर ९ बाट डिज्नी, हटस्टारबाट रिलिज भयो । कोरोनाका कारण हलहरु बन्द भएपछि यो चलचित्रलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिएको हो ।

चलचित्र रिलिज भएको केही घन्टामै यसले भ्यूअरसिपको रेकर्ड तोडेको बताइएको छ । यो चलचित्रले डिजिटल प्लेटफर्ममा अहिलेसम्मकै सर्वाधिक धेरै हेरिने चलचित्रको रेकर्ड बनाएको छ । यो कुराको जानकारी डिज्नी र हटस्टारका संचालकले ट्विटरमार्फत दिएका छन् ।

चलचित्रले रेकर्ड ब्रेक गरेपछि खुशी भएका नायक अक्षय कुमारले दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित भएको बताएका छन् । उनले, रेकर्ड तोड्न सबैलाई मन लाग्ने पनि बताएका छन् ।

चलचित्रको प्रचारप्रसार राम्रो हुनु, ट्रेलर र गीतलाई दर्शकले मन पराउनु, अक्षय कुमारको स्टारडमका कारणले पनि यो चलचित्रले रेकर्ड ब्रेक गर्न सफल भएको हो । तर, चलचित्रलाई समिक्षक र दर्शकले भने निकै खराब प्रतिक्रिया दिएका छन् । यो चलचित्र नायक अक्षय कुमारकै वरिपरी घुमेको छ । यो चलचित्र तमिल चलचित्र ‘कञ्चना’को रिमेक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment