Comments Add Comment

लागूऔषध अफिमसहित एकजना पक्राउ

प्रतिकात्मक तस्वीर

३० मंसिर, सुर्खेत । रुकुम पश्चिममा अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिका–६, कोटका ५३ वर्षीय गोर्खबहादुर कुसारी पक्राउ परेका हुन् ।

कुसारी सानीभेरी गाउँपालिका–३, गरेलाबाट २ किलो ७ सय ग्राम अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

डीएसपी केसीका अनुसार कुसारीलाई मंगलबार बिहान ३ बजेतिर शंकास्पद हिँडिहरको अवस्थामा प्रहरीले खानतलासी गरेको थियो । सोही क्रममा प्लास्टिकमा बेरेर झोलामा राखिएको अवस्थामा अफिम फेला परेको थियो ।

लागूऔषध नियन्त्रण ब्युरो कर्णाली प्रदेश र जिल्ला प्रहरी कार्यालयको सयुंक्त गस्ति टोलीले कुसारीलाई पक्राउ गरेको डीएसपी केसीले बताए । उनलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment